दमौलीमा सचिन स्मुति खुल्ला म्याराथन प्रतियोगिता हुने

तनहुँ, १५ जेठ
रोटय्याक्ट क्लब अफ दमौलीको आयोजनामा १६औं सचिन स्मुति खुल्ला खौड म्याराथन प्रतियोगिता २०७६ हुने भएको छ । “स्वार्थभन्दा माथि सेवा “ भन्ने मुल नाराको साथमा क्लबका संस्थापक सहसचिव स्व. सचिन कुमार श्रेष्ठको स्मरण गर्दै यही जेठ १८ गते खुल्ला म्याराथन प्रतियोगिता गर्ने भएको हो ।

श्रेष्ठको स्मृतिमा क्लबले वार्षिक रुपमा कार्यक्रम गर्दै आएको बुधबार दमौलीमा पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

संस्थाका अध्यक्ष विपिन श्रेष्ठले म्याराथन बिहान दमौलीको अनसन चौतारीबाट सुरु भई घाँसीकुवा र घाँसीकुवाबाट फेरी अनसन चौतारीमा आएर सकिने पत्रकार सम्मेलनमा जानकारी दिए ।

jutta mela

म्याराथनमा प्रथम हुनेले ८ हजार ५ सय, द्धितियले ५ हजार ५ सय, तृतीय हुनेले ३ हजार ५ सय र सान्तवना हुने दुई जनाले जनही १÷१ हजार पुरस्कार प्राप्त गर्ने श्रेष्ठले बताए ।

साथै कार्यक्रम संयोजक मदन तिमल्सेनाले स्वर्गीय सचिनको नाँउमा रक्तदान कार्यक्रम देखि दमौलीकै आदिकवि भानुभक्त क्याम्पसमा स्नातक तहका जेहेन्दार विद्यार्थीहरुको लागि अक्षयकोष स्थापना समेत गरिएको बताए ।

You might also like

Comments are closed.