सञ्चार सहकारी अत्याधुनिक सुविधा सम्पन्न भवनमा

पोखरा, २२ असार ।

पोखराको न्युरोडस्थित गिरी कम्प्लेक्समा बिगत ७ वर्षदेखि सेवा प्रदान गर्दैै आइरहेको सञ्चार बचत तथा ऋण सहकारी संस्था अत्याधुनिक सेवा सुविधासहित नयाँ भवन सरेको छ । चिप्लेढुङगास्थित न्युरोडमा सहकारीले शुक्रबारबाट सेवा सुरु गरेको हो ।

अत्याधुनिक सुुविधा सम्पन्न कार्यालयबाट सेयर सदस्यहरुलाई सेवा प्रदान गर्न सुरु गरिएको अध्यक्ष विनोद ढुङगानाले जानकारी दिए । नयाँ भवनको प्रदेश सांसद प्रभा कोइरालाले एक कार्यक्रमका बीच उद्घाटन गरेकी हुन् । नयाँ भवनबाट सेवा शुभारम्भका अवसरमा सहकारीले रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ । उक्त अवसरमा १५ युनिट रगत संकलन भएको छ ।

कार्यक्रममा बोल्दै सांसद कोइरालाले सुविधा सम्पन्न भवनबाट वित्तीय सेवा प्रदान गर्नु सहकारीको राम्रो पक्ष रहेको बताइन् । सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने उनले बताइन् । बचत तथा ऋण सहकारी संघ कास्कीका अध्यक्ष सुदिप ढकालले स्थापनाको छोटो समयमा सञ्चार सहकारीले सहकारी क्षेत्रमा आफूलाई स्थापित गर्न सफल भएको धारणा राखे ।

सहकारीका अध्यक्ष विनोद ढुङगानाको अध्यक्षतामा आयोजित कार्यक्रममा लायन्सका लिडर तीर्थ बस्नेत, पत्रकार सुरेन्द्र पौडेल, सहकारीका सचिव पवित्रराज तिवारी लगायतले बोलेका थिए । कार्यक्रममा भवन निर्माण समितिका संयोजक विनोद भुजेल र रवि आचार्यलाई सम्मान गरिएको थियो ।

सहकारीमा १ सय ५६ जना सेयर सदस्य छन् । २ करोड ७३ लाख रुपैयाँ सेयर पुँजी रहेको सहकारीको कुल पुँजी करिब ८ करोड रुपैयाँ छ ।

lcci
You might also like

Comments are closed.