सनराइज बैंकको १२औं वार्षिकोत्सव, पोखरामा प्रभातफेरी

आर्थिक आवाज
पोखरा । सनराइज बैंकले स्थापनाको १२औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा गण्डकी प्रदेशको राजधानी पोखरामा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।

सनराइज बैंकको पोखरा न्युरोड शाखाबाट सुरु भई, सभागृहचोक, श्रृजनाचोक, सिद्घार्थचोक, विन्ध्यवासिनी मन्दिर परिसर हुँदै बैंकको गण्डकी प्रादेशिक कार्यालय बगरसम्म ¥याली गरिएको बैंकका गण्डकी प्रदेश प्रमुख रवीन्द्र केसीले जानकारी दिए ।

jutta mela

कार्यक्रममा बैंकका कर्मचारीहरुको उपस्थिति थियो । बैंकिङ साक्षरता सम्बन्धी जानकारी प्रदान गरिने प्लेकार्ड तथा व्यानरको साथमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको हो ।

 

यस अगाडि वार्षिकोत्सवकै सन्दर्भमा बगर शाखाले पोखरा बगरस्थित संस्कृत माध्यमिक विद्यालय गुरुकुललाई सहयोग गरेको थियो । विद्यालयमा विभिन्न जिल्लाबाट आएका आवासीय बटुकहरुको लागि बेड विस्तारा सामग्री खरिदको गर्नको लागी नगद २५ हजार रुपैयाँ बैंकले सहयोग गरेको थियो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले विभिन्न सामाजिक गतिविधिहरु सञ्चालन गर्दै आइरहेको केसीले बताए ।

You might also like

Comments are closed.