सनराइज बैंकको १२औं वार्षिकोत्सव, संस्कृत मावि गुरुकुललाई सहयोग

आर्थिक आवाज
पोखरा । सनराइज बैंक लिमिटेडले १२औं वार्षिकोत्सव मनाउने क्रममा विभिन्न कार्यक्रम गरेको छ । यसै क्रममा बगर शाखाले पोखरा बगरस्थित संस्कृत माध्यमिक विद्यालय गुरुकुललाई सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको बैंकका प्रदेश प्रमुख रवीन्द्र केसीले जानकारी दिए ।

‘केयरिङ हुमानिटी हामी संगसंगै’ नाराको साथ बैंकले विद्यालयमा विभिन्न जिल्लाबाट आएका आवासीय बटुकहरुको लागि बेड विस्तारा सामग्री खरिदको गर्नको लागी नगद २५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । बैंकका गण्डकी प्रदेश प्रमुख रवीन्द्र केसीले विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद सिग्देललाई एक कार्यक्रमका बीच चेक हस्तान्तरण गरे ।

jutta mela

बैंकले असोज महिनालाई १२औं वार्षिकोत्सव महिनाको रुपमा मनाउन विभिन्न १२ विधामा देशभरका शाखा कार्यालयहरुले कार्यक्रमहरु गर्दै आएको केसीले जानकारी गराए । कार्यक्रममा विद्यालयका उपप्रधानाध्यापक श्रीकृष्ण सिग्देल, विद्यालयका संचालक समिति सदस्य गणेश बहादुर थापा, विद्यालयका बटुक एवं बैंकका कर्मचारीहरु लगायतको उपस्थिति थियो । कार्यक्रम संचालन शाखा प्रमुख अनुप केसीले गरेका थिए ।

You might also like

Comments are closed.