सनराइज बैंकको १२०औं शाखा कास्कीको बुढिबजारमा

आर्थिक आवाज

सनराइज बैंकले कास्कीको पोखरा महानगरपालिकास्थित बुढिबजार लेखनाथमा शाखा विस्तार गरेको छ । बैंकको १२०औं शाखाको सोमबार एक कार्यक्रमका बीच पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा उद्घाटन गरे ।

उक्त अवसरमा बोल्दै मेयर जिसीले आम नागरिकको सहज पहुँच हुने गरी बैकिङ सेवा विस्तार हुनुपर्ने बताए । शहरमात्र नभइ ग्रामीण क्षेत्रलाई पनि प्राथमिकतामा राखेर बैंकहरुले वित्तीय सेवा प्र्रदान गर्नुपर्ने उनको भनाइ छ ।

jutta mela

सोही अवसरमा बैंकको एटिएम मेसिनको समेट उद्घाटन गरिएको छ । बैंकको एटिएम संख्या १ सय ३८ पुगेको छ भने एक्सटेन्सन काउन्टर ६ वटा पुगेको बताइएको छ । ३८ वटा शाखारहित बैंकिङ सेवा प्रदान गरिरहेको बैंकले पाँच लाखभन्दा बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गरिरहेको छ । शाखामार्फत लेखनाथ क्षेत्रका ग्राहकलाई सहज बैकिङ सेवा प्रदान गरिने बैंकका गण्डकी प्रदेश प्रमुख रवीन्द्र केसीले बताए ।

बैंकका नायब महाप्रवन्धक अपछ कुमार यादव, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारी लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.