सनराइज बैंक लि. गण्डकी प्रदेशबाट सरकारलाई ५० थान पिपिई सहयोग

सनराइज बैंक लि. गण्डकी प्रादेशिक कार्यालयले सरकारलाई पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) हस्तान्तरण गरेको छ । हाल संसारभर कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएको र नेपालमा समेत संक्रमण सुरु भएको अवस्थामा स्वास्थ्यकर्मीहरुका लागि अत्यावश्यक पिपिई बैंकले सहयोग गरेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई बैंकका प्रादेशिक कार्यालय प्रमुख रवीन्द्र केसीले उक्त सामग्री शुक्रबार हस्तान्तरण गरेका हुन् । गण्डकी प्रदेशमा समेत कोरोनाको जोखिम बढेकाले विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई प्रयोग गर्न बैंकले गण्डकी प्रदेश सरकारलाई पिपिई सहयोग गरेको के.सी.ले जानकारी दिए । ‘सामाजिक उत्तरदायित्व अन्तर्गत ५० थान पिपिई सहयोग गरेका हौं,’ उनले भने ।

jutta mela

You might also like

Comments are closed.