सफा दूधको महत्व तथा उत्पादनमा ध्यान दिनुपर्ने कुराहरु

सुरेशकुमार श्रेष्ठ
अधिकृत, पशुपंक्षी तथा मत्स्य विकास निर्देसनालय, गण्डकी प्रदेश पोखरा

ऐतिहासिक पृष्ठभूमि :
विश्व दूध दिवस विश्वभरि नै जुन १ को दिन मनाउने गरिन्छ । यो दिवस विश्वका धेरै देशहरुको सहभागितामा पहिलो पल्ट २००१ वाट मनाउन शुरु भएको पाइन्छ । यो दिवस मनाउने प्रचलन वर्षै पिच्छे बढ्दो छ । विश्व भरिका देशहरुले दूध तथा दुग्ध उद्योगहरुको क्रियाकलापहरुको प्रचार–प्रसार गर्नको लागि विश्वभरि नै ध्यान केन्द्रित गर्नको लागि यो दिवस मनाउने गरिन्छ । यो दिवस मनाउने देशहरु मलेसिया, कोलम्बिया, रोमानिया, जर्मनी, अमेरिकाबाट यो दिवस मनाउन शुरु भएको पाइन्छ ।

दूध के हो ?
दूध भन्नाले स्वस्थ गाई वा भैसीको थूनबाट दुहेको र स्वभाविक अवस्थाको स्वच्छ ताजा श्रावलाई सम्झनु पर्दछ जुन पशु व्याएको ५ दिन पछि र व्याउनुभन्दा कमसेकम २ महिना अगाडि दुहिएको हुन्छ । (स्टान्डर्ड मिल्क ३ प्रतिशत फ्याट ८ प्रतिशत एसएनएफ)

jutta mela

गाइको दूध भन्नाले ३.५ प्रतिशत दूधको चिल्लो र सो चिल्लो बाहेक दूधको ठोस पदार्थ ७.५ प्रतिशत भन्दा घटि नभएको दूध र भैसीको दूध भन्नाले ५ प्रतिशत दूधको चिल्लो र सो चिल्लो बाहेक दूधको ठोस पदार्थ ८ प्रतिशत भन्दा घटि नभएको हुनुपर्दछ ।
नेपालको कुल दूध उत्पादनको करिव ७० प्रतिशत योगदान भैसीबाट र ३० प्रतिशत योगदान गाईबाट भएको पाइन्छ । नेपालको कुल ग्राहस्थ उत्पादनमा करिव १२ प्रतिशत योगदान रहेको छ । कृषि क्षेत्रको ग्राहस्थ उत्पादनमा पशुपालन क्षेत्रवाट करिव एक तिहाई योगदान रहेको छ । डेरी क्षेत्रबाट १२.३६ प्रतिशत रहेको छ । नेपालमा दूधको उत्पादन वृद्धिदर करिव ५ प्रतिशतले वृद्धि भएको देखिन्छ । नेपालमा हाल दूध उत्पादन ३०३ लाख मेट्रिक टन दूध उत्पादन भएको छ ।

दूधको महत्व तथा पौष्टिक तत्वहरुः
पौष्टिकताको दृष्टिकोणले दूध एक सर्वोत्तम र सन्तुलित आहारा हो जुन वालक वृद्ध रोगि सवैको लागि त्यतिकै महत्वपूर्ण मानिन्छ । दूधको सामाजिक तथा धार्मिक महत्व छ । यसको अतिरिक्त विगौती दूधले नवजात शिशुलाई प्रशस्त मात्रामा शक्ति प्रोटिन भिटामिन खनिज पर्दाथ प्रदान गर्नुका साथै रोगसंग प्रतिकार गर्न सक्ने शक्ति प्रदान गर्छ ।

दूधको पौष्टिक महत्वः
दूधमा निम्नानुसारको पौष्टिक तत्वहरु पाईन्छ ।
१ प्रोटिन
२ फ्याट
३ ल्याक्टोज
४ खनिज लवणहरु
५ भिटामिनहरु
६ पानि

सफा दूध उत्पादन गर्दा ध्यान दिनु पर्ने कुराहरुः
दूध मानिसको सर्वोत्कृष्ट भोजनमा पर्दछ । दूध पोषिलो भोजन हो । यसमा धेरै हानिकारक शुक्ष्म जीवले पनि आक्रमण गर्न सक्ने र दूधको गुणस्तर विगार्न सक्दछ । यदि दूध सफा र स्वच्छ संग दूध उत्पादन गर्न सकिएन भने मानिसको स्वस्थ्यमा समेत प्रत्यक्ष असर पदर्छ ।
– दूध उत्पादन गर्ने कृषकले सवै भन्दा वढि सफा दूध उत्पादन गर्न ध्यान दिनु पर्छ ।
– संकलन कर्ताले पनि दूध सफा राख्न होसियार हुनु पर्छ ।
– ढुवानि कर्ताले पनि ध्यान दिनु पर्छ ।
– प्रशोधन गर्ने स्थानमा पनि ध्यान दिनु पर्छ ।
– दूध भण्डारणको लागि उपयुक्त तापक्रम ४ देखि ५ डिग्रि से को तापक्रम मिलाउनु पर्छ ।
– दूधलाई छानेर छानेर क्यानमा राख्नु पर्दछ ।
– दूध दुहुने वाल्टिन सफा राख्नु पर्दछ ।
– दानापानि सफा दिनु पर्दछ ।
– दूध संकलन केन्द्रवाट सकेसम्म छिटो प्रशोधन केन्द्र सम्म पुर्याउनु पर्दछ ।
– आन्तरिक तथा वाह्य परजिविको औषधिहरु समय समयमा उपचार गर्नु पर्दछ ।
– महामारि सरुवा रोगकोविरुद्धको खोप समय समयमा लगाउनु पर्छ ।

सफा दूध उत्पादनका व्यवस्थापनका पक्षहरुः
– गाई भैसी पालनको मुख्यति उद्देश्य भनेकै दूध उत्पादन हो । दूध मानसले खाद्य पदार्थको रुपमा प्रयोग गर्दछन त्यसैले गाई भैसी पालक कृषकहरुले जति सक्दो वढि दूध उत्पादन कसरि गर्न सकिन्छ त्यसमा तल्लिन रहनु पर्दछ । आफ्नो फार्ममा कसरि सफा दूध र स्वच्छ हाईजेनिक दूध उत्पादन गर्न सकिन्छ । त्यसमा ध्यान दिनु पर्छ ।जुन दूध किटाणु र विषाणुवाट मुक्त र मानव उपयोगि हुनु पर्छ । दूधको स्वच्छता कायम राख्नकोलागि उत्पादन संकलन प्रशोधन र वजारिकरणसम्म उचित ध्यान दिनु पर्दछ । निम्नानुसारको विषयहरुमा ध्यान दिनु पर्छ ।

१ गाई भैसीको गोठ व्यवस्थापन ।
२ गाई भैसिको स्वास्थ्य व्यवस्थापन ।
३ गाई भैसीको आहाराको व्यवस्थापन ।
४ दूध दुहुने व्यक्तिको स्वास्थ्य व्यवस्थापन ।
५ दूध दुहुने भाडाको सरसफाई ।
६ दूध संकलन तथा ढुवानि व्यवस्थापन ।

You might also like

Comments are closed.