सभासद रेग्मीद्वारा ह्याण्डबल खेल मैदान निरिक्षण

पोखरा, १६ जेठ

पोखरा रंगशाला भित्र निर्माण हुन लागेको ह्याण्डबल खेल मैदानको प्रदेश नं ४ का सभासद मोहन रेग्मीले निरिक्षण गरेका छन् ।
नेपाल ह्याण्डबल संघका उपाध्यक्ष तथा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका पूर्व अध्यक्ष समेत रहेका सांसद रेग्मीले ह्याण्डबलको आफ्नै पूर्वाधार बन्नु सुखद रहेको बताए । उनले निरिक्षणको क्रममा ह्याण्डबल खेल मैदान संग संगै अन्य खेलका पनि पूर्वाधार निर्माणलाई पनि गति दिन आवश्यक पहल गर्ने समेत बताएका थिए ।

पोखरा रंगशालामा राष्ट्रिय खेलकुद परिषदको सहयोगमा करिव ९० लाखको लागतमा दुई वटा ह्याडबलका ओपन कोर्टहरु निर्माणका लागि काम थालिएको नेपाल ह्याण्डल संघका अध्यक्ष तेज गुरुङले बताए । उनले असारको दोश्रो सातामा नै काम सक्ने गरि काम थलिएको बताउँदै मैदान संग–संगै दुइ वटा प्लेयर चेन्जिङ रुम, शौचलय र अफिस कोठा समेत बनाइने उनले जानकारी दिए । अध्यक्ष गुरुङका अनुसार दुवै कोर्टहरु १३ औं दक्षिण एशियाली खेलकुद (साग) लाई लक्षित गरि प्रशिक्षणका निर्माण गरिएका हुन् ।

lcci
You might also like

Comments are closed.