समयसापेक्ष पठनपाठनमा सधैं अगाडि कुमुदिनी होम्स मावि

करिब ३ सय वर्ष पुराना ऐतिहासिक तथा कलात्मक झ्यालहरुले सजाइएको अत्याधुनिक भवनले जो कसैलाई आकर्षित गर्छ ।

पोखरा । समय सापेक्ष पठनपाठनका लागि पोखराकोे कुमुदिनी होम्स मावि प्रशिद्ध छ । विश्वव्यापी फैलिएको कोरोना महामारीका कारण जब नेपालमा लकडाउन भयो त्यसपछि देशभरका शैक्षिक संस्थासमेत ठप्प भए । तर विद्यालयलाई सधैं बन्द राखेर हुँदैन भन्ने सोचका साथ कुमुदिनीले अनलाइन कक्षा सुरु गर्यो । विद्यार्थीले घरमै बसेर अध्ययन गर्ने अवसर पाए ।

विद्यालयले नसरीदेखि कक्षा १२ सम्म अनलाइन कक्षा सञ्चालन गरेको करिब २ महिना पुगिसकेको छ । ‘लकडाउनका कारण विद्यार्थीहरु घरमै बस्नुपर्ने अवस्था आयो,’ अध्यक्ष अशोक पालिखेले भने, ‘घरमै बसेर पनि अध्ययन गर्न सकिन्छ भन्ने हामीलाई लाग्यो र तत्काल अनलाइन कक्षा सुरु ग¥यौं ।’

jutta mela

विद्यालयले सुरु गरेको अनलाइन कक्षा प्रभावकारी बनेको पालिखेले बताए । काठमाडौंका दक्ष प्रशिक्षकबाट शिक्षकहरुलाई अनलाइन कक्षाको तालिम दिएर अनलाइन पठनपाठन सुरु भएको उनले जानकारी दिए । ‘यो अवधिमा शिक्षकशिक्षिकाहरुलाई दक्ष बनाउन विद्यालयले ८ पटक तालिममा सहभागी गराएको छ,’ उनले भने । नर्सरीदेखि कक्षा १२ सम्मकै विद्यार्थीहरु अनलाइन कक्षाबाट लाभान्वित भएको पालिखेले बताए । ‘अनलाइन कक्षाबाट विद्यार्थी र अभिभावक दुवै खुसी भएको पाएका छौं,’ उनले भने, ‘तहगत अभिभावकहरुसँग सरसल्लाह गरेर अनलाइन कक्षा व्यवस्थित रुपमा सञ्चालन गरिरहेका छौं ।’

पोखराको गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालय २०४४ सालमा स्थापना भएको हो । विद्यालयमा ११ र १२ मा साइन्स र म्यानेजमेन्टमा पढाइ सञ्चालन भइरहेको छ । अहिले विद्यालयमा १ हजार ४ सय जना विद्यार्थी अध्ययरत छन् । करिब १४ रोपनी क्षेत्रफल जग्गामा फैलिएको विद्यालय पोखराको मुख्य बजार गैह्रापाटनमा अवस्थित भएकाले पनि धेरैको पायक पर्छ । ‘विद्यालयमा सुन्दर, शान्त वातावरण छ,’ पालिखेले भने ।

करिब ३ सय वर्ष पुराना ऐतिहासिक तथा कलात्मक झ्यालहरुले सजाइएको अत्याधुनिक भवनले जो कसैलाई आकर्षित गर्छ । गण्डकी प्रदेशमा नै सबैभन्दा राम्रो फिजिक्स, केमेस्ट्री र बायोलजीको ल्याब रहेको पालिखेले बताए । कम्प्युटर ल्याब, लाइब्रेरी, इङलिस रिसोर्स सेन्टरको समेत सुविधा उपलब्ध छ । ‘डिजिटल सिस्टमबाट अभिभावकहरुलाई विद्यालयको सूचनाहरु सम्प्रेषण गरिन्छ,’ उनले भने । हेमजादेखि तालचोकसम्म, बाटुलेचौर, लामाचौरदेखि छोरेपाटनसम्मका विद्यार्थीहरुलाई बस सेवा उपलब्ध छ ।

आफ्नै विद्यालय कम्पाउण्ड भित्र नेपालका प्रशिद्ध कलाकारहरुको चित्रकला संग्रहालय छ । जहाँ १ सय ७० जना भन्दा बढी वरिष्ठ चित्रकारहरुको चित्रहरु संग्रहित छन् । जुन संग्रहालयको अवलोकनका लागि देशभरका विद्यार्थीहरु, शिक्षकहरुसहित देशविदेशका कलाप्रेमीहरुको उपस्थिति समय समयमा हुने गरेको अध्यक्ष पालिखेले जानकारी दिए ।

विद्यालयको कम्पाउन्ड भित्रको बगैंचामा ४२ प्रकारका जडिबुटीका विरुवाहरु रोपिएका छन् । ‘विद्यार्थीलाई जडिबुटीका बारेमा ज्ञान होस् भनेर बगैंचामा बिरुवा रोपिएको हो,’ पालिखेले भने । विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप अन्तर्गत संगीत, नृत्य, खेलकुल, चित्रकलामा विद्यालयले अभिप्रेरित गर्दै आएको उनले बताए ।

You might also like

Comments are closed.