काठमाडौँ । सरकारले नयाँ आर्थिक वर्षमा सडक, पुल तथा पूर्वाधार क्षेत्रका लागि १ खर्ब ६३ अर्ब ५२ करोड विनियोजन गरेको छ । काठमाडौं उपत्यका र सबै प्रदेशमा विद्युतीय बस सञ्चालनमा ल्याइने भएको छ । सरकारले निर्माण गर्ने सडक कम्तीमा २ लेनको हुने छ । डोल्पा जिल्ला सदरमुकाम यसै वर्ष सडक पुर्याइने र हुम्ला सदरमुकाममा आगामी वर्षभित्र पुर्याइने छ ।
यस्तै मध्यपहाडी लोकमार्गलाई १३ अर्ब २० करोड बजेट छुट्याइएको छ ।
गल्छी त्रिशुली मैलुङ सडकलाई १ अर्ब ५८ करोड ।
बीपी राजमार्गको लागि ९६ करोड ।
मदन भण्डारी राजमार्गका लागि ४ अर्ब ८२ करोड
हरेक निर्वाचन क्षेत्रमा एक रणनीति सडक निर्माण अगाडि बढाइने ।
टोखाछहरे सुरुङ मार्गको विस्तृत अध्ययन गरी निर्माण गर्नका लागि बजेट छुट्याइएको छ ।
प्रदेश तथा स्थानीय तहको कार्यक्षेत्रमा रहेका पुलको निर्माण सम्पन्न गरी हस्तान्तरण गरिने।
२ सय पुल निर्माण गर्न ७ अर्ब ४७ करोड ।
रेल र जल यातायातको लागि१ खर्ब ६३ अर्ब बिनियोजन ।
उच्च प्रविधि युक्त आयोजनालाई उपकरण उपलब्ध गराउन पूर्वाधार निर्माण कम्पनी सञ्चालनमा ल्याइने। यो व्यवस्था अघिल्लो बजेटमा पनि गरिएको थियो ।
काठमाडौैलाई चीन र भारत दुवै तिर जोड्ने गरी २ वर्षभित्र निर्माण सुरु गरिने ।
Comments are closed.