सरकारलाई मदिरा व्यवसायीको चेतावनी, भिसिटिएस स्थगित गर्न चेतावनी

आर्थिक आवाज
पोखरा, १ साउन । वेबमा आधारित अनलाइन ढुवानीमा साधन अनुगमन प्रणाली (भिसिटिएस) तत्काल लागु नगर्न नेपाल मदिरा व्यवसायी महासंघले सरकारलाई चुनौति दिएको छ । सरोकारवाला व्यवसायीसँग छलफल नगरी साउन १ गतेबाट लागु गरिएको उक्त प्रणाली व्यावसायिक हकहितमा नरहेको महासंघका महासचिव तारानाथ ढुंगानाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अनुसन्धान विभागबाट वेबमा आधारित ढुवानी प्रणाली अन्तर्गत १ स्थानबाट अर्को स्थानमा व्यावसायिक प्रयोजनको मालसामान ओसारपोसार गर्नु पूर्व सो सम्वन्धी विवरण वेबमा आधारित केन्द्रीय सूचना प्रणालीमा प्रविष्ट गर्नुपर्ने व्यवस्था लागु भएपछि मदिरा व्यवसायीहरु असन्तुष्ट भएका छन् । अन्य व्यवसायलाई यो प्रणालीले समस्या सिर्जना गरेको महासचिव ढुंगानाले बताए ।

‘नेपालमा रहेका ७७ वटै जिल्ला र जिल्लामा कारोबार गर्ने व्यवसायी आवश्यक पूर्वाधार, जानकारी, शिक्षाको अभाव, ग्रामीण र पहाडी क्षेत्रमा सिस्टम लागु गर्ने आवश्यक ज्ञानको कमी दक्ष जनशक्ति आदि इत्यादि कुरामा सरोकारवालासंग छलफल नगरी श्रावण १ गतेदेखि लागू गर्ने यो पद्धति नेपाल मदिरा व्यवसायी महासंघ घोर भत्र्सना गर्दै लागू गर्न नसकिने कारण अविलम्ब खारेजीको माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

You might also like

Comments are closed.