सरकारले अनावश्यक खर्च कटौती गर्नुपर्छ

रामचन्द्र रानाभाट

कोरोना भाइरस (कोभिड–१९) ले गर्दा विश्वको अर्थतन्त्र निकै खस्कने देखिन्छ । नेपालमा पनि त्यसको असर लामो समयसम्म रहन्छ । चैत यता खासै आर्थिक कारोबारहरु भएका छैनन् । जसले गर्दा सरकारको राजश्व निकै कम उठेको छ । सरकारको लक्ष्य अनुसार चैत्र महिनामा ३६ र वैशाख महिनामा ३८ अर्ब राजश्व संकलन गर्नुपर्ने थियो । तर, सबै प्राय उद्योग व्यवसाय सबै बन्द भएपछि राजश्व निकै कम उठेको छ र सरकारको ढुकुटी कमजोर भएको छ ।

त्यस्तै कोरोना महामारी र लकडाउनले बैंकहरुलाई पनि यसको प्रत्यक्ष असर पर्ने देखिन्छ । चैतको बैंकहरुले प्रकाशित गरेको विवरण हेर्ने हो भने पनि नाफामा संकुचन लागेको छ । बैंकहरुले लगानी गरेको ब्याज पर्याप्त असुली गर्न सकेका छैनन् । जसले गर्दा बैंकहरुले ब्याजदर घटाएका छन् । व्यवसायीहरुले पनि कर्जाको बैंक ब्याजदर घटाउन प¥यो भनेर आबाज उठाइरहेका छन् वा सरकारले केही अनुदान दिनुप¥यो भनेका छन् । यस्तो अबस्थामा कित मुद्रा स्फिती दर पनि घट्नु प¥यो । तर, मुद्रा स्फीति ६.५ भन्दा बढी छ यो भन्दा तल ब्याजदर आएमा बचतमा राखेको रकम अबमुल्यन हुन जान्छ र अर्थतन्त्र साइकल बिपरित चल्न सक्छ ।

यस्तो अवस्थामा सरकारले मुद्रा स्फीति नियन्त्रण तिर ध्यान दिदै बचतको ब्याजदर मुद्रा स्फीति दर भन्दा तल जान दिन हुँदैन । सोको लागि सरकारले व्यवसायीहरुलाई ब्याज अनुदान दिने काम गर्नुपर्छ ।

एकथरी व्यवसायीहरुले बैंकले ब्याजदर तत्काल घटाउन प¥यो, यो वर्ष बैंकले नाफा नकमाए पनि हुन्छ भन्छन् । बैंकले बचतमा तिर्नुपर्ने ब्याज तिर्दै सबै सञ्चालन खर्च पनि गर्नुपर्ने छ । सरकारको राजश्वको ठुलो हिस्सा बैंकले कमाएको नाफाबाट तिर्ने पनि गरिएको छ । जसले गर्दा भोलिका दिनमा राजश्व संकलन झन् कम हुने देखिन्छ । अर्को तिर विप्रेषण पनि कम हुने देखिन्छ । किनभने विदेशमा रहेका धेरै नेपालीहरुको रोजगार गुम्दै छ । यसको असर हाम्रो अर्थतन्त्र प्रत्यक्ष पर्न जान्छ ।

कोभिड–१९ को असर कहिलेसम्म पर्ने हो कसैलाई पनि थाहा छैन । सो कारण स्वास्थ्य क्षेत्रमा ठुलो धनरासी खर्च गर्नुपर्ने हुन्छ । त्यसकारण यो सरकारले अनावश्यक खर्च कटौती गरी अत्यावश्यक खर्च मात्र गर्नुपर्ने देखिन्छ ।

(लेखक मुक्तिनाथ विकास बैंक पोखरा–२६ बुढिबजार शाखाका प्रमुख हुन् ।)

You might also like

Comments are closed.