सराङकोटबाट प्याराइग्लाइडिङ उड्ने/नउड्ने अनिश्चित

पोखरा । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले पोखरामा प्याराग्लाइडिङ रहने÷नरहने अनिश्चित रहेको बताएका छन् । नेपाल हवाई खेलकुद संस्था (ना)को आठौं अधिवेशन तथा १७ औं वार्षिक साधारणसभाको उद्घाटन शत्रपछि पत्रकारसँग कुरा गर्दै उनले पोखरा अन्र्तराष्ट्रिय विमानस्थलका कारण प्याराग्लाईडिङ हुने नहुने अनिश्चित रहेको बताएका हुन् । अहिले यसै भन्न सकिदैन,‘उनले भने,‘प्राविधिक समितिले अध्ययन गरिरहेको छ, प्रतिवेदनले के भन्छ अनिमात्र त्यसबारे निर्णय हुन्छ ।’ तर हवाई मार्ग नै सराङ्कोटको बाटो पर्ने भएकाले अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि सराङकोटबाट प्याराइग्लाईडिङ उड्ने सम्भावना भने न्यून रहेको बताए । प्याराग्लाईडिङ उडान हुने सराङ्कोट हवाई रुट नै पर्दो रहेछ,‘उनले भने,‘त्यसैले विमानस्थल बनिसकेपछि उड्ने सम्भावना सायद हुँदैन होला ।’ उनले पोखराबाट बिस्थापित भएपनि नजिकैको उपयुक्त ठाउँमा स्थानान्तरण गरिने बताए ।

उद्घाटन कार्यक्रममा औपचारिक मन्तव्यमा भने उनले प्याराग्लाइडिङ बिस्थापनको बारेमा केहिपनि बोलेनन् । आफूभन्दा अगाडि बोलेका वक्ताहरुले सराङकोटबाट प्याराग्लाईडिङ हटाउन नहुने बताएपनि उनले औपचारिक कार्यक्रममा मुख खोलेनन् । बरु उनले प्याराग्लाईडिङमा देखिएका समस्या मिलेर समाधान गर्नुपर्ने भन्दै सांकेतिक जवाफ दिए ।

महानिर्देशक पोखरेलले हवाई खेलकुद संस्थ (ना)का कारण प्याराग्लाईडिङको विकासमा महत्वपूर्ण योगदान पुगेको भन्दै प्रशंसा गरे । यसैका कारण प्याराग्लाईडिङ धरानदेखि सूदूरपश्चिमसम्म पुगेकोसमेत बताए । नेपालमै प्याराग्लाईडिङ स्कुल खुलेको भन्दै उनले यसका कारण नेपाली पाइलटहरु उत्पादन गर्न मद्धत पुगेको बताए ।

jutta mela

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष रणबहादुर थापाले सराङकोटमा प्याराग्लाईडिङ उडेको देख्दा धेरैलाई जलन हुनेगरेको भन्दै सराङकोटबाट प्याराग्लाईडिङ हटाउन नहुने बताए । उनले प्याराग्लाईडिङ उडानमा देखिएका कमजोरी सुधार्न भने जरुरी रहेको औंल्याए ।

पोखरा महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष जगत पहारीले पनि प्याराग्लाईडिङ पोखराको शान भएकाले यसलाई पोखराबाट बिस्थापन गर्न नहुने बताए । प्याराग्लाईडिङ पोखराबाट बिस्थापित हुँदा पर्यटनमा नकारात्मक असर पर्नुका साथै मानव श्रोतसमेत बिस्थापित हुने चेतावनी दिए ।

पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलले पदक जिताएर नेपालको शान बढाउने प्याराग्लाईडिङको विकासका लागि राज्य गम्भीर हुनुपर्ने बताए । साथै उनले भिजिट नेपाल २०२० सफल बनाउनका लागि प्याराग्लाईडिङलाईसमेत प्रयोग गर्न सकिने बताए ।

नेपाल प्याराग्लाईडिङ तथा ह्याण्ड ग्लाईडिङ संघका प्रतिनिधि बलराम आचार्यले एसियाली खेलकुदमा रजत पदक जिताएर देशको शान बढाएको प्याराग्लाईडिङ पाइलटहरुको क्षमता विकास र उनीहरुको रोजीरोटीका लागि सरकारले ध्यान नदिएको गुनासो गरे ।

पोखरा पाइलट क्लवका अध्यक्ष विमल अधिकारीले प्याराग्लाईडिङबाट क्यानले कर उठाएपनि यसको विकासका लागि कुनैपनि सहयोग नगरेको गुनासो गरे । प्याराग्लाईडिङलाई पोखरामै राख्ने चुनौतिसँगसँगै पाइलटहरुकोपनि ब्यबस्थापन गर्न जरुरी रहेको बताए । प्याराग्लाईडिङ गर्नका लागि आकाशको क्षमता कति छ ? बजार माग कति छ ? त्यसको वैज्ञानिक अध्ययन गरेर निर्धारण गर्नुपर्ने उनको भनाई छ ।

कार्यक्रममा एसियाली खेलकुदमा रजत पदक दिलाउने प्याराग्लाईडिङका खेलाडी तथा प्रशिक्षक र ब्यबस्थापकलाई सम्मान गरिएको थियो । त्यस्तै पत्रकारितामार्फत प्याराग्लाईडिङको विकास र बिस्तारमा योगदान पु¥याएको भन्दै पत्रकार द्वय केशव पाठक र सुमन ढुंगानालाईपनि नगद १५÷१५ हजारसहित माला लगाएर सम्मान गरिएको थियो । सो अवसरमा प्याराग्लाईडिङ दुर्घटनाका समयमा उद्धारमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै नेपाली सेनाको पश्चिम पृतना शिक्षालयमा शिक्षा अधिकृतका रुपमा कार्यरत अर्जुन बस्नेतलाई सम्मान गरिएको थियो ।

You might also like

Comments are closed.