सलमान खानले दबंग ३ को भिलेनलाई उपहार दिए बीएमडब्ल्यु एम५ कार

हालै सलमान खानले दबंग ३ का भिलेन किच्छा सुदिपलाई बीएमडब्ल्यु एम५ कार उपहार दिएका छन् । सो कार बीएमडब्ल्युको लेटेस्ट मोडल बीएमडब्ल्यु एम५ कम्पिटिसन हो । सो कार गएको वर्ष भारतमा लन्च गरिएको थियो । सो कारको एक्स शोरुम मूल्य १ करोड ५५ लाख भारु र अन रोड प्राइस लगभग १ करोड ८५ लाख भारु रहेको छ ।

भारतीय बजारमा बिक्रीको लागि बीएमडब्ल्युको यो एकमात्र भेरिएन्ट हो । बीएमडब्ल्यु एम५ हाई परफर्मेस सेडान कार हो । सो कार बोल्ड र स्पोर्टी देखिन्छ । कारको फ्रन्टमा ग्रिल, ओआरभीएम, साइड एयर भेन्ट्स, रियर डिफ्युजर र एक स्पोर्टी स्पोइलरमा ग्लास ब्ल्याक एक्सेन्ट सहित अन्य पार्ट्स पनि परिवर्तन गरिएको छ । कारको टेलगेटमा एम–सिरिज ट्विन एक्जस्ट सिस्टम र एम५ कम्पिटिसन व्याच पनि लगाइएको छ ।

सो कारमा कार्बन फाइबरको साथमा प्लास्टिक छत पनि समावेश गरिएको छ । सो कारमा साइड स्कर्ट, फ्रन्ट बम्पर र रियर बम्पर निकै बोल्ड लुक भएको छ । बीएमडब्ल्यु एम५ मा हाईपरफर्मेन्स दिनको लागि भी८ ट्वीन टर्बाेचाज्र्ड पेट्रोल इन्जिन जडान गरिएको छ । जसले ६२५ पीएस र ७५० एनएम पीक टर्क जेनेरेट गर्छ । सो कारमा ८ स्पिड अटोमेटिक गियरबक्स रहेको छ । सो कार ३.३ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघन्टको स्पिड लिन्छ । बीएमडब्ल्यु एम५ मा एम एक्सड्राइभ सिस्टम समावेश गरिएको छ जसमा ४डब्ल्युडी, ४डब्ल्युडी स्पोर्ट र आरडब्ल्युडी जस्तो मोड रहेको छ ।

You might also like

Comments are closed.