सल्यानी समिति कास्की पोखराको १३ औं रक्तदान

पोखरा । सल्यानी समिति कास्की पोखराको आयोजना तथा रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा २१ गते शनिबार पोखरा ५ पस्र्याङमा १३ औं खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समितिका अध्यक्ष चन्द्रबहादुर क्षेत्रीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा ७८ जनाले रक्तदान गरेका थिए ।

प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष युवराज कुँवरले रक्तदाता विष्णु केसीलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए । उक्त अवसरमा प्रमुख अतिथि कुँवरले सल्यानी समिति पोखराले प्रत्येक वर्ष गर्दै आएको रक्तदान तथा सामाजिक कार्यको प्रशंसा गरेर नसकिने बताए ।

साथै उनले सामाजिक कार्यसँगै समितिले सल्यान गाउँमा गई कृषि व्यवसायी गरी पोखरासम्म बजार विस्तार गर्नुपर्ने बताए । उक्त कार्यक्रममा सामाजिक एवं राजनीतिक व्यक्तित्व शिव पौडेल, निवर्तमान अध्यक्ष प्रेम गुरुङ, पूर्व अध्यक्ष गणेश केसी, सल्लाहकार सुरेश केसी, ज्ञानेन्द्रराज पौडेल, समाजसेवी मोहोदत्त पाखेरेल, देउकाजी गुरुङ लगायतले शुभकामना मन्तव्य राखेको थिए । तेजबहादुर केसी ‘श्याम’ को संयोजकत्वमा भएको उक्त कार्यक्रम सञ्चालन सचिव श्याम गुरुङले गरेको सहसचिव गोविन्द पौडेलले जानकारी दिए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.