सवारी सञ्चालन गर्दा जोर विजोरमा थप कडाई

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा असार लागेदेखि जोर–विजोर प्रणाली उल्लंघन गर्ने ४१ हजार ५०८ सवारी साधनहरू नियन्त्रणमा लिएको जनाएको छ ।

हाल उपत्यकामा लगाइँदै आएको जोर बिजोर प्रणालीलाई थप कडाई गरेको छ । जोर विजोर प्रणालीको पूर्णपालना नभएको भन्दै ट्राफिक प्रहरीले विशेष कडाई गरेको हो । महाशाखाले जोर विजोर प्रणालीको पूर्णपालना गराउन ५६ वटा चेक प्वाइन्टहरू राखि थप कडाई गरिरहेको जनाएको छ ।

सोमबार मात्रै जोर विजोर प्रणालीको उलंघन गरी सञ्चालन गरेका २ हजार ३४५ वटा सवारी साधनलाई विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिएका छन् ।

You might also like

Comments are closed.