सस्तोमा ब्राण्ड खोज्नेका लागि हजार सिसीको पोलो

राज बजियम
निर्देशक
आउट ड्राइभ इन्टरप्राइज प्रालि, नागढुंगा

फाँक्सवैगनका कुन कुन मोडलहरु बजारमा छन् ?

फाँक्सवैगनको लागि गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता आउट ड्राइभ इन्टरप्राइज प्रालि नागढुंगा पोखरा हो । हामीले यो गाडी बिक्री सुरुवात गरेदेखि नै पोखरामा फाँक्सवैगन प्रति आकर्षण छ । पोलो ट्रेन्डलाइन र ट्रेन्ड प्लस बजारमा उपलब्ध छ । पोलो ट्रेन्डलाइन १ हजार सिसीको गाडी हो । ब्राण्ड खोज्ने तर सस्तोमा गाडी चढ्न खोज्नेका लागि भनेर ल्याइएको गाडी हो यो । ट्रेन्ड प्लस पछिल्लो अपडेटेड गाडी हो । यो दुईवटा गाडीमा केवल ५०÷६० हजारको मात्रै फरक छ ।

यी दुईवटा गाडीबीचको फरक के हो ?

ट्रेन्ड इन्फोमेटिक्स सिस्टम ट्रेन्ड प्लसमा हुन्छ । तर ट्रेन्डलाइनमा यो हुँदैन । यो ट्रेन्ड प्लसमा मात्रै हुन्छ । ट्रेन्ड प्लसमा एयर फोन, क्यामराहरु सबै हुन्छ । अन्य कुराहरु धेरैजसो समान छन् ।

पोलो कस्तो गाडी हो ?

पोलो जर्मन मेड गाडी हो । सस्तोमा ब्राण्डेड गाडी चढ्नेहरुलाई मध्यनजर गरेर बनाइएको गाडी हो यो । त्यसैले यो गाडी केवल १ हजार सिसीको मात्र बनाइएको हो । तर यहि मोडलको १२ सय सिसीको गाडी भने केहि महंगो छ । यसमा डुवल एयरव्याग पनि छ ।

पोलोमा क्वालिटी हाइ हुन्छ । ड्युल इम्प्याक्ट, सेफ्टी, बलियो यसका विशेषताहरु हुन् । मेटेरियल बलियो हुने भएकाले केही भइहाल्यो भनेपनि गाडी र मान्छेमा क्षती कम हुन्छ ।

मूल्यचाहिं कति कति हो ?
अहिले दशैंका कारण मूल्य घटाइएको छ । शुरुमा २८ लाख ४५ हजार पर्ने यो गाडी अहिले घटेर २७ लाख ९५ हजारमा आएको थियो । तर अहिले विशेष अफर भनेर २६ लाख ९० हजारमा दिदै आएका छौं ।

अन्य अफरहरु ?
गाडी किन्दा फुल अप्सनमा एसेसरिज निःशुल्क दिएका छौं । १० वर्ष सर्भिसिङ फ्रि गरेका छौं । त्यसका अलावा १० लाख रुपैयाँसम्मको क्यास बम्पर उपहार पनि छ ।

कुन वर्ग लक्षित गाडी हो पोलो ?
पोलो योङ जेनेरेसनदेखि वयस्कसम्मका लागि लक्षित गरेर ल्याइएको हो । तर अहिले योङ जेनेरेसनले नै धेरै मन पराउँछन् । भक्सवागेन भनेको एकदमै ब्राण्डेड हो । सौखिनहरुका लागि भनेर हाइक्लास खोज्नेलाई भक्स वागेनकै १४ सय सिसी र २ हजार सिसीका गाडीहरुपनि छन् ।

बजार माग कस्तो छ त पोलोको ?
बजार माग ठीकै छ । यद्वपि सोंचेजस्तो भने भएको छैन । यो हाम्रो गाडीमा मात्रै नभएर समग्र बजारमै गाडीको माग कम छ ।

अटो बजारमा अहिले के समस्या छ ?
अहिले लोनको कारण समस्या छ । बंैकिङ नीतिका कारण उत्पन्न समस्या हो यो । सोही कारण ब्यापार घटेको पनि छैन तर बढेको पनि छैन । दशैं आएकाले केही आशावादी भने छौं । पोलोको मेजर बुकिङ भइरहेको छ ।

निकट भविष्यमा नयाँ मोडलहरु पनि आउँदैछन् ?
हो, पोलोका नयाँ मोडलहरु पनि आउँदैछन् । २०२० को अन्तिमतिर इलेक्ट्रिक गाडी आउँदैछ । यो पोलोको ह्याच ब्याक गाडी हो । यो गाडी ३५ देखि ४० लाख रुपैयाँको बिचमा पर्ने भनिएको छ । त्यस्तै कमब्याक एसयुभी पनि २०२० को अन्तिम तिर आउँछ ।

You might also like

Comments are closed.