सहकारीले सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानलाई सघाउनुपर्छ

प्रभा कोइराला,

सांसद, गण्डकी प्रदेश

धेरै अप्ठ्याराहरु, धेरै चुनौतिहरु पार गर्दै सहकारी अभियान ६२ औं वर्षमा आएको छ । सहकारीलाई सरकारले पनि सकारात्मक दृष्टिकोणमा हेर्न थालेको छ । सरकार सकारात्मक भएकाले अब सहकारीकर्मीहरुलाई समस्या पर्दैन । सरकारले सहकारीकर्मीलाई अप्ठेरो नपर्ने गरी योजना बनाउँदैछ भने सहकारी करको दायरामा पनि आउँदैछ । यसले गर्दा सरकार र सहकारीकर्मी दुबैलाई फाइदा पुग्छ ।

jutta mela

दीगो लक्ष्य प्राप्ति, ‘समृद्ध नेपाल सुखी नेपाली’ पूरा गर्नका लागि सहकारीले भूमिका खेल्न सक्छ, सहकारीकै माध्यमबाट कृषि उत्पादनमार्फत समृद्धी हासिल गर्न सकिन्छ भन्नेमा सरकार पुगेको छ । अब सहकारीकर्मीहरुले पनि सरकारको समृद्ध नेपाल र सुखी नेपाली अभियानलाई सफल बनाउनका लागि भूमिका खेल्नुपर्छ । समृद्धी र विकासका लागि सघाउनुपर्छ । सहकारीमा भएका केहि कमिकमजोरी भए सहकारीपनि सच्चिन तयार हुनुपर्छ ।

सरकारले सहकारीकर्मीहरुलाई पनि कुनैपनि अप्ठ्यारो नपर्ने खालको नीति नियम तथा कार्यविधि तयार गर्नुपर्छ । सहकारी ऐनले भनेजस्तै एक व्यक्ति एक सहकारी, एउटै परिवारका एक भन्दा बढी सञ्चालक समितिमा नबस्नेलगायतका कुराहरुमा सहकारीकर्मीहरुले पालना गर्नुपर्छ । सहकारीले सरकारको विकास र समृद्धीमा सघाउनुपर्छ ।

सरकारले सहकारीलाई उत्पादनमा जोड्नका लागि ऐन, कानुन बनाएकाले अब त्यसमा सहकारीले मन नदुखाईकन कार्यान्वयन गर्नुपर्छ । बरु त्यसमा समस्या आए भोलि फेरी सच्याउँदै अगाडि बढ्नेगरी कार्यान्वयनको दिशामा जानुपर्छ ।

You might also like

Comments are closed.