सहारा एकेडेमीको मैदान अभ्यासका लागि उपयुक्त

सन्देश श्रेष्ठ

पोखरा । पोखरा–१७ दोबिल्लामा रहेको सहारा एकेडेमीको फुटवल मैदान अभ्यासका लागि उपयुक्त हुने निश्कर्ष निकालिएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल, राखेप सदस्य राजेशकुमार गुरुङ, एन्फाका उपाध्यक्ष कृष्ण थापासहितको टोलीले आइतबार सहारा एकेडेमीको फुटवल मैदानको अवलोकन गर्दै तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत हुने फुटवल खेलको अभ्यासका लागि सो मैदान उपयुक्त भएको निश्कर्ष निकालेको हो ।

पोखराबाट नजिक र शान्तपनि भएकाले यो मैदान सबै हिसाबले उपयुक्त भएको उनको भनाई छ । ठाउँ निकै रमणीय रहेछ,‘उनले भने,‘फुटवल खेल्नका लागि आवश्यक सबै पूर्वाधारपनि छ, त्यसैले यो अभ्यासका लागि उपयुक्त मैदान छ भन्ने निश्कर्षमा हामी पुगेका छौं ।’ उनले खेलाडीका लागि आवश्यक सबै पूर्वाधार रहेकाले सागका लागि सहारा एकेडेमीको मैदान अभ्यासका लागि वैकल्पिक मैदान बनाउन सकिने बताए ।

काठमाण्डौंका दुषित र कम पूर्वाधार भएका ठाउँमा समेत विभिन्न खेलको प्रशिक्षण भइरहेको उल्लेख गर्दै उनले पोखराजस्तो सुन्दर ठाउँमा प्रशिक्षण गर्दा खेलाडीको मनोवल उच्च हुनुका साथै खेलसमेत सुधार हुने उनको भनाई छ ।

यसअघी राखेप सदस्य राजेश गुरुङले पनि सो मैदानको अवलोकन गरेका थिए । उनले अभ्यासका लागि सो मैदान उपयुक्त रहेको बताएपछि सदस्य सचिव सिलवाल आइतबार मैदानको अवलोकनका लागि त्यहाँ पुगेका थिए ।

मैदान अवलोकनपछि आयोजित कार्यक्रममा बोल्दै राखेप सदस्य सचिव सिलवालले पोखरामा हुने सागका खेलहरुमा दर्शक बढाउने गरी काम गर्न राखेप सदस्य राजेशकुमार गुरुङलाई निर्देशन दिए । फुटवल निकै लोकप्रिय खेल हो, तर दर्शक सोंचेजस्तो आउँदैनन्,‘लोकप्रिय खेलमा दर्शक नहुनु दुःखद कुरा हो, त्यसैले आगामी मंसीरमा हुने सागका खेलहरुमा दर्शक सहभागिता बढाउने गरी काम गर्नुहोला ।’

सदस्यसचिव सिलवालले खेलकुदको विकासको लागि प्रतियोगिता आयोजना भइरहनु पर्नेमा जोड दिए । प्रतियोगिता भइरहँदा खेलाडी ईंगेज हुने र एक्सपोजर पनि मिल्ने भएकाले खेलाडीको दक्षता बृद्धि हुने उनको भनाई थियो ।

सदस्य सचिव सिलवालले मन्दिरमा गएर धर्म गर्नु भन्दा सामाजिक काम गर्नु ठुलो धर्म हुने बताउँदै सहारा क्लवले एकेडेकी सञ्चालन गरेर पुन्य काम गरेको बताए । उनले क्लवलाई राखेपले सहयोग गर्ने आश्वासन दिए । यद्वपी उनले कस्तो र कति सहयोग भन्नेबारेमा केहिपनि खुलाएनन् ।

सिलवालले सहारा एकेडेमीमा रहेका बालकहरुलाई दश जोड दुई पछिको अध्ययनका लागि सहयोग गर्ने आश्वासनसमेत दिए । क्लवले प्लस टु पछिको अध्ययन र तालिमका लागि विद्यार्थीहरुलाई एकेडेमी मै राख्न चाहेमा आफूले सहयोग गर्ने उनले बचन दिए । साथै उनले विद्यार्थीलाई पनि अध्ययन, अनुशासन र खेलमा आफूलाई प्रमाणि गरेर देखाउन सुझाव दिए । उनले एकेडेमी छाडेर गएपछि पनि एकेडेमीमा आउजाउँ गर्ने र सम्बन्ध राखिराख्न आग्रह गरे ।

सहारा क्लवका अध्यक्ष केशबबहादुर थापा, पूर्व अध्यक्ष विक्रम थकालीलगायतले सिलवाललाई बुकी, माला र खादा लगाएर स्वागत गरेका थिए ।

सहारा क्लव पोखराद्वारा सञ्चालित सहारा एकेडेमीमा हाल १६ जिल्लाका २४ जना बालकहरु आवासीय रुपमा बस्दै आएका छन । उनीहरुलाई शिक्षा, दीक्षादेखि खेल खेल्नेसम्मको प्रबन्ध एकेडेमीले गर्दै आएको छ ।

राखेप सदस्य सचिव रमेशकुमार सिलवाल सहारा एकेडेमीमा । पृष्ठभूमिमा सहारा एकेडेमीको फुटवल मैदान ।

You might also like

Comments are closed.