सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट नेपाल पुरस्कृत

 

पोखरा, ३० भदौ

सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७५ बाट पत्रकार विजय नेपाल पुरस्कृत भएका छन् ।

सहारा क्लब पोखराद्धारा स्थापित सो पुरस्कार क्लबको २० औं वार्षिकोत्सव तथा साधारणसभाको अवसरमा शनिबार पोखरामा डेढ दशकदेखि पत्रकातारिमा क्रियाशील पत्रकार नेपाललाई अर्पण गरिएको हो ।

पोखरा महानगरपालिकाका उप–प्रमुख मन्जुदेवी गुरुङ, क्लबका पुर्व अध्यक्ष विक्रम थकाली, प्रतिभा छनौट समितिका संयोजक नारायण कार्की, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, क्लबका अध्यक्ष केशब बहादुर थापा लगायतले पत्रकार नेपाललाई ताम्रपत्र, दोसल्ला, मायाको चिनोको साथमा फूलमाला तथा अविर लगाएर सम्मान गरेका हुन् । उक्त पुरस्कारको राशि १५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।

पुरस्कृत पत्रकार नेपालले पुरस्कारले थप हौसला प्रदान गरेको बताउँदै राज्यले खेल क्षेत्रमा प्रशस्त लगानी गर्नुपर्ने बताए ।

नेपाल खेलकुद पत्रकार मंच कास्कीका कोषाध्यक्ष समेत रहेका नेपाल पाल्पा पालुङ मैनादीमा जन्मिएका हुन् । पोखरालाई कर्मथलो बनाई २०६० सालबाट सञ्चार दर्पण पत्रिकाबाट पत्रकारिता सुरु गरेका नपाल हाल राजधानी दैनिकको पोखरा सम्वाददाता र आदर्श समाज दैनिकका सहसम्पादक समेत हुन् । उनले यसअघि रेडियो बाराही, रासस, समाधान, हटलाइन, राइजिङ पोखरा पत्रिकामा काम गर्नुका साथै विभिन्न पुरस्कारबाट सम्मानित भएका छन् ।

उक्त अवसरमा क्लबले उत्कृष्ट सदस्यबाट यस बर्ष कविता अधिकारीलाई सहारा उत्कृष्ट सदस्यको रुपमा सम्मान गरेको छ । पोखरा महानगरपालिकाका उप–प्रमुख मन्जु देवि गुरुङ, क्लबका संस्थापक अध्यक्ष बसन्त थकाली, लगायले सम्मानपत्रको साथमा दोसल्ला, फुल माला तथा अविर लगायर सम्मान गरेका हुन् ।

नेपाल खेलकुद पत्रकार मंच कास्कीका कोषाध्यक्ष समेत रहेका नेपाल पाल्पा पालुङ मैनादीमा जन्मिएका हुन । पोखरालाई लाई कर्मथलो बनाई २०६० साल बाट सञ्चार दपर्ण पत्रिकाबाट पत्रकारिता सुरु गरेका नेपाल हाल राजधानी दैनिकको पोखरा सम्वाददाता र आदर्श समाज दैनिकका सहसम्पादक समेत हुन ।

उक्त अवसरमा क्लबले उत्कृष्ट सदस्यबाट यस बर्ष कबिता अधिकारीलाई सहारा उत्कृष्ट सदस्यको रुपमा सम्मान गरेको छ । पोखरा महानगरपालिकाका उप–प्रमुख मन्जु देवि गुरुङ, क्लबका संस्थापक अध्यक्ष बसन्त थकाली, लगायले सम्मानपत्रको साथमा दोसल्ला, फुल माला तथा अविर लगायर सम्मान गरेका हुन् ।

सहारा क्लबले २०६३ सालबाट सुरु गरेको उक्त पुरस्कार क्लबको वार्षिकोत्सवका अवसरमा हालसम्म १२ जना पत्रकार सम्मानित भईसकेको प्रतिभा छनौट समितिका संयोजक कार्कीले बताए । खेलकुद पत्रकारितालाई प्रथामिकता दियर समाचार प्रकाश÷प्रशारणमा योगदान पु¥याउने एक जना खेल पत्रकारलाई क्लबले हरेक बर्ष आफ्नो बार्षिकोत्सवमा सम्मान गर्दै आएको छ । उक्त पुरस्कारबाट यस अघि कुलचन्द्र न्यौपाने, धन बस्नेत, विनोद लामिछाने, राम गुरुङ, प्रेमनारायण न्यौपाने, दीननाथ बराल, प्रदिप पौडेल, एकराज गिरी, सागरराज तिमिल्सिना, कृष्णमणि बराल, एमबी आस्था र सुरज श्रेष्ठ सम्मानित भएका छन् ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका उप–प्रमुख मन्जु देवि गुरुङले क्लबले खेलकुद र सामाजिक क्षेत्रमा गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा क्लबले आयोजना गर्ने शिक्षा र खेलकुदका कार्यक्रममा महानगरपालिकाले हातेमालो गरेर जाने वचन दिईन ।

संस्थापक अध्यक्ष बसन्त थकालीले पोखराको विकृति र विसंगतीको अन्त्य गर्न क्लबले थप टेवा पु¥याएको दाबी गरे । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यमबहादुर गुरुङले पोखरामा प्यारापिट सहितको फुटवल मैदानको निमार्ण कार्य हाल अघि बढ्न नसक्दा साग गेम्स समयमै नहुने आशंका गरे । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठकले क्लबले शिक्षा र खेलकुदको क्षेत्रमा उत्कृष्ट कार्य गर्दै अघि बढेको बताए ।

क्लबले आर्थिक बर्ष २०७५÷०७६ मा केही नयाँँ कार्यक्रम गर्ने र केहि कार्यक्रमलाई निरन्तरता दिने क्लबका महासचिव विश्वराज बरालले बताए । क्लबले यस बर्षमा १७ औैं आहा रारा गोल्ड कप गर्ने, सहारा एकेडेमी संचालन एवं मर्मत सम्भार गर्ने, एकेडेमीको भौतिक संरचनालाई निरन्तरता दिने, सहारा एकेडेमीमा प्यारापिट निर्माणमा पहल गर्ने, पोखरा महानगरपालिकाको समन्वयमा एकेडेमीमा शिशु स्याहार केन्द्र संचालन गर्ने, अक्षयकोषमा बृद्धि गर्ने, सामाजिक कार्यक्रम सरसफाई, रक्तदान सहितका अन्य कार्यक्रम गर्ने भएको छ ।

You might also like

Comments are closed.