आर्थिक आवाज
पोखरा, १६ माघ । मदिरा व्यवसायी समिति कास्कीको आयोजनामा बुधबार पोखरामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पोखराको चिप्लेढुंगामा आयोजित रक्तदानमा ८० रक्तदान गरेका छन् ।
समितिका सचिव कृष्ण रानाभाटको संयोजकत्वमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिवबहादुर कोइरालाले संस्थाले सामाजिक कामलाई प्राथमिकतामा राखेको भन्दै खुसी व्यक्त गरे ।
संस्थाका अध्यक्ष रुपनारायण भुजेलको सभापतित्वमा आयोजित कार्यक्रममा निबर्तमान अध्यक्ष तारा ढुंगाना, उपाध्यक्ष सुरेश घिमिरे, महासचिव डिल्लिराम पनेरु, संस्थापक अध्यक्ष राम थापा लगायतले बोलेको सल्लाहकार राजु भुवाईले जानकारी दिए ।
Comments are closed.