सांग्रिला डेभलपमेन्ट बैैंकको शाखा रोल्पाको सुुलीचौरमा

पोखरा, १८ पुस

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले रोल्पाको सुुनील स्मृति गाउंपालिका सुुलीचौरमा शाखा संचालन गरेको छ । बैंकका संचालक अच्युुत प्रसाद प्रसाई तथा सुुनील स्मृति गाउंपालिकाका अध्यक्ष गुुनेन्द्र घर्तिले संयुुक्त रुपमा शाखा को शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा बैंकका संचालक अच्युुत प्रसाद प्रसाई, सोही गाउँपालिकाका वडा अध्यक्ष गन्ज बहादुर क्षेत्री, उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष वालकृष्ण सुवेदी, तथा ग्राकहका तर्फबाट स्थानीय व्यापारी बीर बहादुर घर्ती लगायतले बोलेका थिए ।

स्थानीय विकासको आधारू भन्ने आफ्नो मुुलमन्त्रलाई आत्मसाथ गर्दै सुुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट ग्रामिण क्षेत्रका जनताहरु बिच आधुुनिक बैंकिङ सेवा प्रदान गर्दै देशभर शाखा संजाल विस्तार गरि सम्पूर्ण नेपालीमा सर्व सुलभ बैंकिङ सुविधाको पहुुंच पुुर्याउने बैंकको लक्ष्य रहेको छ । हालसम्म सातवटै प्रदेशमा गरि बैंकको शाखा संख्या ७७, तथा २३ वटा एटीएम मार्फत करिब २ लाख ५६ हजार भन्दा बढी ग्राहकहरुलाई आधुुनिक बैंकिङ सेवा प्रदान गर्दै आई रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले जानकारी दिए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.