सांग्रिला भिलेज रिसोर्ट ‘न्यु इयर इभ पार्टी’ हुँदै

पोखरा । अंग्रेजी नयाँ वर्ष २०२० को अवसरमा सांग्रिला भिलेज रिसोर्ट पोखरामा विशेष सांगीतिक कार्यक्रम हुने भएको छ । डिसेम्बर ३१ मा साँझ ७ बजेबाट राति १२ः३० बजेसम्म कार्यक्रम हुने रेसिडेन्स म्यानेजर गुप्त गिरीले जानकारी दिए ।

पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षितगरी लाइभ म्युजिकसहित ‘न्यु इयर इभ पार्टी’ आयोजना गरिएको गिरीले बताए । लाइभ कन्सर्टमा द ब्ल्याक रोज ब्याण्डको विशेष प्रस्तुति रहनेछ ।

प्रति जोडीका लागि ६ हजार रुपैयाँ र प्रति व्यक्तिका लागि ४ हजार रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । सहभागीले अनलिमिटेड स्न्याक्सको सुविधा प्राप्त गर्नेछन् । गाला डिलरसहित वेलकम ड्रिङस प्राप्त गर्नेछन् ।

लक्की ड्रका आधारमा डोर प्राइजको व्यवस्था गरिएको गिरीले जानकारी दिए । रिसोर्टमा ६१ वटा रुम छन् । नयाँ वर्षका लागि सम्पूर्ण रुम अग्रिम बुकिङ भइसकेको गिरीले जानकारी दिए ।

You might also like

Comments are closed.