सांग्रीला बैंकका कर्मचारीहरुलाई अभिमुखीकरण तथा बैंकिङ तालिम

पोखरा, १४ जेठ ।

सांग्रीला बिकास बैंकले नबनियुक्त कर्मचारीहरुलाई ११ दिने अभिमुखीकरण तथा बैंकिङ तालीम सम्पन्न भएको छ । नबनियुक्त कर्मचारीहरुलाई शाखामा पठाउनु भन्दा पहिले सामाजीकरण गराउने र बैंक सम्बन्धी कामहरु तथा नीति नियमको बारेमा जानकारी दिने र सिकाउने उदेश्यले यहि जेष्ठ ३ गते देखी १३ गते सम्म अभिमुखीकरण तालीम संचालन भएको थियो ।

६२ जना कर्मचारी सहभागी तालीममा नबनियुक्त कर्मचारीहरुलाई कम्प्युटर तालिम लगायत क्रेडीट, कस्टुमर सर्भिस, टेलर व्यवस्थापन, नक्कली नोट, सिग्नेचर भेरिफिकेसन, टिम बिल्डील लगायतको बारेमा तालीम दिईएको बैकका नायव प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

११ दिन सम्म संचालन भएको कार्यक्रमको समापन कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले यस किसिमको तालिमले नबनियुक्त कर्मचारीहरुको कार्यकुशलता बढ्ने र कर्मचारीले यस्ता तालिमबाट आफुले सिकेको कुरा प्रयोगमा ल्याउनु पर्ने बताए । संस्थाले कर्मचारीको बृत्ती बिकास तथा तालीमको लागि भबिष्यमा लर्नीङ्ग सेन्टरको बिकास गर्ने रणनीति सहित कार्यक्रम गर्दै आएको नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

कार्यक्रममा सहभागी कर्मचारीहरुले तालिम निकै फलदायी भएको र उक्त अभिमुखीकरण तथा बैंकिङ तालीम सहभागी हुदाँ सबैसंग चिनजान गर्ने मौका र काम गर्नै हौसला मिलेको बताए । बैंकले छिट्टै देशका बिभिन्न स्थानमा २२ नयाँ शाखा खोल्ने तयारी गरेको छ । नयाँ शाखाहरु संचालन पछि सस्थाको शाखा संजाल देशभरी ५८ पुग्ने थकालीले बताए ।

You might also like

Comments are closed.