सांसदको ५० प्रतिशत तलव भत्ता कटौती गरौं : कृष्ण थापा

 

पोखरा ।

गण्डकी प्रदेश सभा सदस्य कृष्णबहादुर थापाले आगामी बजेटमा सांसदको सुविधा कटौती गर्न सरकारलाई सुझाव दिएका छन् । बुधबार प्रस्तुत प्रदेशको विनियोजन विधेयक २०७७÷७८ को सिद्धान्त र प्राथमिकतामाथि विहीबारदेखि छलफलमा भाग लिदै प्रदेश सांसद थापाले सांसदको तलव भत्ता ५० प्रतिशत कटौती गरि कोरोना महामारीबिरुद्ध लड्नका लागि प्रयोग गर्न आग्रह गरेका हुन् । उनले कोरोनाबिरुद्धको खोप तयार हुँदै गरेकाले सो खोप खरिदका लागिपनि बजेट छुट्याउन सरकारलाई सुझाव दिए । सांसद थापाले बजेटको सिद्धान्त र प्राथमिकताले बजेर्ट समृद्ध नेपाल, सुखी नेपाली’को संकल्प पूरा गर्नेगरी आउने संकेत गरेको भन्दै बजेटप्रति आफ्नो समर्थन रहेको बताए ।

jutta mela

विहीबारको बैठकमा सत्तपक्षीय सांसदहरुले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता समाजवाद उन्मुख आत्मनिर्भर अर्थतन्त्रको आधार स्तम्भ भएको बताए । तर प्रतिपक्षीहरुले भने बजेटको सिद्धान्त र प्राथमिकता परम्परागत रुपमा पुरानै ढर्राबाट आएको टिप्पणी गरेका छन् ।

सत्तापक्ष नेकपाका सांसदहरु धनञ्जय दवाडी, कृष्णबहादुर थापा, ईन्द्रलाल सापकोटा, जुनादेवी नेपाली, चन्द्रमोहन गौचन र रामबहादुर गुरुङले बजेटको सिद्धान्त र प्राथमिकताले प्रदेशको समृद्धी र भविष्य बोकेको बताए । उनीहरुले वर्तमान अवस्थामा चुनौतिको रुपमा देखिएको कोरोना भाइरसको महामारीबाट बचाउने र यसबाट प्रभावित क्षेत्रलाई पुर्नउत्थान गर्ने उद्धेश्यबाट प्रेरित भएर बजेट आउने संकेत बजेटको सिद्धान्त र प्राथमिकताले दिएको भन्दै बजेटप्रति आफूहरुको पूर्ण समर्थन रहेको बताए ।

प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरु विन्दुकुमार थापा, प्रकाशचन्द्र दवाडी, विष्णुप्रसाद लामिछाने, सरिता गुरुङ, मेखलाल श्रेष्ठलगायतले भने बजेटको सिद्धान्त र प्राथमिकताले कोरोना महामारी र यसको प्रभावलाई सम्बोधन नगरी पुरानै ढंगको परम्परागत बजेट आउने संकेत गरेको टिप्पणी गरे । साथै उनीहरुले बजेटको सिद्धान्त र प्राथमिकताले सुकुम्बासी समस्या समाधानबारे नबोलेको भन्दै त्यसलाई थप्न सुझावसमेत दिए ।

जनता समाजवादी पार्टीकी धनमाया पोखरेल (लामा)ले बजेटको सिद्धान्त र प्राथमिकता क्यान्सरको विरामीलाई उपचारका लागि अस्पताल लगेर शल्यकृया गर्नुको साटो धामी झाँक्रीकोमा लैजाने खालको भएको टिप्पणी गरिन् ।

You might also like

Comments are closed.