‘साच्चै डिजिटल बैंकिङ अनुभव’ प्रदान गर्न ‘एनएमबी ओम्निच्यानल’, अब घरमै बसेर सम्पूर्ण बैंकिङ सेवा

काठमाडौं । एनएमबी बैंकले नेपालको डिजिटल बैंकिङको वर्तमान अवस्थामा एक सफल प्रयास सृजना गर्न दुवै वेब र मोबाइल एप्लिकेशनमा ‘एनएमबी ओम्निच्यानल’ प्रस्तुत गरेको छ । ‘साच्चै डिजिटल बैंकिङ अनुभव’ मूल मन्त्र सहित ओम्निच्यानल डिजाइन गरि बैंकिङ क्षेत्रमै यो पहिलो पटक अघि सारिएको हो ।

एनएमबी ओम्निच्यानलको साथले अब ग्राहकहरूले नियामक निकायका आवश्यकताहरू बाहेक बैंकसम्म नधाइकनै आफ्नो मोबाइल फोन र अन्य अनलाइन प्लेटफर्मबाट मुख्य बैंकिङ गतिविधिहरू सञ्चालन गर्न सक्नेछन् । केवाईसी अपडेट गर्न, पिन र पासवर्ड रिसेट गर्न, टीडीएस स्टेटमेन्टहरू हेर्न, बचत र एफडी खोल्न÷बन्द गर्न, समय अगावै एफडी प्रिम्याचुअर गर्न, एफडी बापत कर्जा लिन शाखासम्म पुग्नुको सट्टा ओम्नि च्यानलको प्लेटफर्म मार्फत प्राप्त गर्न सकिने बैंकले जनाएको छ । त्यसैगरी खाताको उद्देश्य, कारोबार संख्या, रकमको स्रोत, प्यान, भ्याट, स्थायी ठेगाना, बैवाहिक स्थिति, पेशा अपडेट गर्न, चेक बुक अनुरोध गर्न, चेक भुक्तानी रोक्का गर्न, खाता सक्रिय गर्न, नयाँ डेबिट कार्ड अनुरोध गर्न, नवीकरण गर्न, रिसेट वा रोक्का गर्न, एक भन्दा बढी खाताहरू हेर्न, डिमांड ड्राफ्टहरू जारी गर्न, एफडीआई प्रमाणपत्र प्राप्त गर्न, युएसडी कार्ड अनुरोध गर्न, टप अप गर्न, कर्जा योग्यता परीक्षण गर्न, खाताको स्टेटमेण्ट हेर्न ब्यालेन्स प्रमाणपत्र प्राप्त गर्न, टिडिएस प्रमाणपत्र प्राप्त गर्न, स्विफ्ट ट्रान्सफर अनुरोध गर्न र अन्य विविध सेवाहरू अब सजिलै घरमै बसेर प्राप्त गर्न सकिनेछ ।

सुविधाहरू समयसापेक्ष अपग्रेड गर्दै र प्रस्तुत गर्दै लगिने बैंकले जनाएको छ । ग्राहकहरूले आईओएसका लागि एप स्टोर र एन्ड्रोइडका लागि गुगल प्लेबाट बैंकको ‘इएनएमबी’ मोबाइल एप्लिकेसन डाउनलोड गरेर उक्त सेवा सुरू गर्नको लागि प्रक्रियाहरु अनुसरण गर्न सक्नेछन् ।

jutta mela

‘एनएमबी ओम्निच्यानलले ग्राहकहरूले नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको शुरुवात गर्नेछन्,’ विज्ञप्तिमा भनिएको छ, ‘ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको सीमितता भन्दा माथि उठेर बैंकमा नधाइकनै प्रशस्त सम्भावनाहरु सहित मुख्य बैंकिङ गतिविधिहरु संचालन गर्न सक्छन् ।’

कोभिडको महामारीको बीचमा पनि एनएमबि ओम्निच्यानलले ग्राहकहरूको लागि घरमै बसी सुरक्षित तवरले बैंकिङ कारोवारको निरञ्तरताको चाहना सहजै पुरा गराउन सफल भएको भन्दै बैंकले खुसी व्यक्त गरेको छ । ‘एनएमबी ओम्निच्यानल एक शुरुदेखि अन्त्यसम्मको प्रक्रिया हो जसले सबै प्रकारको म्यानुअल कामलाई निर्मुल पार्दै पारदर्शिता, त्रुटिमुक्त र कागजबिहीन बैंकिङ सुनिश्चित गर्दछ । जुन बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङका सदस्यको नाताले वातावरण मैत्री बैंकिङप्रति प्रतिबद्धता परिपूर्ति गर्नु रहेको छ,’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

You might also like

Comments are closed.