सानिमा जनरल इन्स्योरेन्समा लगानीको अवसर, आजबाट खुल्यो आइपिओ

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले आइपिओ खुल्ला गरेको छ । आज बुधबारदेखि कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता सयका दरले ३० लाख कित्ता सेयर आइपिओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

सर्वसाधरणले २७ लाख ३० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् भने १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीका लागि र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड छ ।

आइपिओका लागि सर्वसाधरणले असोज २५ गते बैंकिङ समयभित्र आवेदन दिन सक्नेछन् । न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

jutta mela

हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेकोमा आइपिओ निष्काशन पश्चात चुक्ता पुँजी वृद्धि भइ एक अर्ब रुपैयाँ पुग्नेछ ।

You might also like

Comments are closed.