सानिमा जनरल इन्स्योरेन्सको आइपिओमा आवेदन दिनुभयो ? आज अन्तिम अवसर

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको आइपिओका लागि आवेदन दिनुभयो ? दिनुभएको छैन भने आज आइतबार तपाईंका लागि अन्तिम अवसर हो ।

कम्पनीले असोज २१ गतेदेखि सर्वसाधारणको लागि आइपिओ निष्काशन गरेकोमा आजसम्म आवेदन दिन सकिनेछ । एक सय रुपैयाँ अंकित दरले ३० लाख कित्ता आइपिओ निष्काशन भएकोे छ ।

कुल शेयरमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधरणका लागि छुट्याएको हो ।

न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

You might also like

Comments are closed.