सामसुङलाई पहिलोपटक पछाडि पार्यो हुवावेले

एजेन्सी । स्मार्टफोन कम्पनी हुवावे पहिलो पटक विश्वको सबैभन्दा ठूलो विक्रेता भएको छ । कम्पनीले यो वर्षको दोस्रो त्रैमासमा गत वर्षको भन्दा ५ प्रतिशत बजार बढाउँदै ५५.८ मिलियन युनिट स्मार्टफोन बजारमा पठाउन सफल भएको छ ।

रिपोर्ट विश्लेषक क्यानालिसका अनुसार यस अगाडि पहिलो स्थानमा रहेको सामसुङ अहिले दोस्रो स्थानमा छ । सामसुङले ५३.७ मिलियन युनिट स्मार्टफोन बजारमा पठाएको छ ।

अन्य देशहरूको तुलनामा चीन कोरोना महामारीको बन्दबाट बाहिर आएको तथ्यलाई हुवावेको सफलताको कारण मान्न सकिन्छ ।

You might also like

Comments are closed.