सामाजिक उत्तरदायित्व वहन अन्तर्गत शैक्षिक मेला, प्रवेश निःशुल्क

इक्यान फेयरको अवलोकन गर्नका लागि प्रवेश निःशुल्क गरेका छौं । सामाजिक उत्तरदायित्व वहन अन्तर्गत हामीले शैक्षिक मेला आयोजना गरेका हौं । हामीले धेरै भन्दा धेरै विद्यार्थी लाभान्वित हुन् भनेर निःशुल्क प्रवेशको व्यवस्था गरेका हौं । यसको खर्च हामीले प्रायोजकहरुबाट व्यवस्थापन गर्छौं । केही हामी आफैले पनि लगानी गरेका छौं ।

पोखरामा आयोजित शैक्षिक मेला पोखरा तथा आसपासका विद्यार्थी र अभिभाबकका लागि निकै महत्वपूर्ण अवसर हो । यस अवसरको सदुपयोग गर्न म आग्रह गर्दछु । मंसिर २६ देखि २८ गतेसम्म पोखरा सभागृहमा आएर मेलाको अवलोकन गरी सल्लाह सुझाव समेत दिनुहुनेछ भन्ने विश्वासमा हामी छौं । यहाँहरुले दिनुभएको सल्लाह, सुझाव तथा स्वस्थ प्रतिक्रियाले हामीलाई आगामी दिनकोे यात्रालाई सुधार्न मार्गनिर्देश समेत गर्नेछ ।

मेलामा सहभागीहरुका लागि स्टलपनि हामीले सस्तोमा उपलब्ध गराएका छौं । सबै शैक्षिक परामर्श दातृ संस्थाले स्टल राखुन् भनेर सस्तोमा स्टल उपलब्ध गराएका हौं । हामीले केवल १० हजार रुपैयाँमा इक्यान फेयर अवधीभरका लागि स्टल प्रदान गरेका छौं ।

इक्यान फेयरबाट करिब १० लाख रुपैयाँ संकलन गर्ने र करिब ८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरेका छौं । यसबाट करिब २ लाख रुपैयाँ बचत गर्ने हाम्रो लक्ष्य हो । बचत रकम हामी सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यमा खर्च गर्छौं ।

हामीले विभिन्न स्कुलहरुमा छात्रवृत्ति वितरण गर्दै आएका छौं । त्यसलाई यस वर्ष पनि निरन्तरता दिन्छौं । प्राकृतिक प्रकोपजस्तै भूकम्प पीडित, बाढी पहिरो पीडित लगायतलाई पनि राहत वितरण गर्छौं ।

You might also like

Comments are closed.