सार्कका छाला, यौन तथा कुष्ठरोग विशेषज्ञहरु पोखरामा भेला हुँदै

पोखरा, २८ कात्तिक । पोखरामा शुक्रबारदेखि छाला, यौन तथा कुष्ठरोग विशेषज्ञहरुको सम्मेलन शुरु हुँदैछ । छाला, यौन तथा केष्ठरोग विशेषज्ञहरुको साउथ एसियन रिजनल कन्फरेन्स अफ डर्माटोलोजी (एसएआरसिडी) को ११ औं सम्मेलन शुक्रबारदेखि पोखरामा हुन लागेको हो । सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको एसएआरसिडीले विहीबार पोखरामा पत्रकार भेटघाट गरी जानकारी दिएको हो । पोखराको पाँचतारे होटल पोखरा ग्राण्डमा हुने सम्मेलन ३ दिनसम्म जारी रहने एसएआरसिडीका अध्यक्ष प्रा.डा.हरिनारायण गुप्ताले जानकारी दिए । उनका अनुसार सम्मेलनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.बुद्धिबहादुर थापाले उद्घाटन गर्नेछन् ।

सम्मेलनमा दक्षिण एसियाली राष्ट्रबाट ३ सय भन्दा बढी छाला, यौन तथा कुष्ठरोग सम्बन्धी विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहने बताइएको छ । सम्मेलनमा युरोप, अमेरिका, दक्षिण कोरिया, फिलिपिन्सलगायतका देशहरुबाटपनि सम्बन्धित रोगका विशेषज्ञ चिकित्सकहरु अतिथिका रुपमा सहभागि हुने अध्यक्ष प्रा.डा.गुप्ताले जानकारी दिए ।

jutta mela

प्रत्येक २÷२ वर्षमा हुने सम्मेलनमा छाला, यौन तथा कुष्ठरोग सम्बन्धी छलफल हुने अध्यक्ष प्रा.डा. गुप्ताले बताए । उनका अनुसार सम्मेलनमा पछिल्लो समय छाला, यौन तथा कुष्ठरोगमा देखा परेका जटिल समस्या र त्यसको उपचार विधिबारे छलफल हुनेछ । सम्मेलनमा दक्षिण एसियाली राष्ट्रका छाला, यौन तथा केष्ठरोग विशेषज्ञहरुले आ–आफ्ना देशमा देखा परेका नया रोग र त्यसको लागि अप्नाइएको उपचार विधिसहित भविष्यमा आइपर्ने समस्याहरुबारे शोधपत्र प्रस्तुत गर्ने गुप्ताले बताए । सम्मेलनमा बोटुलिनम टक्सिन इन्जेक्सन, ईम्यूनोब्लिष्टरिङ डिजिज तथा डर्मोष्कोपी÷ट्राइकोस्कोपी सम्बन्धी कार्यशलासमेत हुने एसएआरसिडीका संरक्षक डा.अशोककुमार चौरसियाले जानकारी दिए ।

सम्मेलनको अवसरमा नेपालमा देखिएका छाला, यौन तथा कुष्ठरोगबाट अति प्रभावित भई उपचार असफल भएका विरामीहरुलाई उपस्थित गराएर उनीहरुलाई अन्य देशबाट सहभागि विशेषज्ञ चिकित्सकहरुको प्रत्यक्ष सहभागितामा उपचारसमेत गरिने वैज्ञानिक शत्रका अध्यक्ष डा.सुधा अग्रवालले जानाकरी दिइन् ।

सम्मेलनले सार्क मुलुकसहित अन्य देशमा छाला, यौन तथा कुष्ठरोगको अवस्था र त्यसमा देखापरेका जटिल समस्याको समाधान गर्न अप्नाइनुपर्ने साबधानी र उपचार बारेमासमेत निश्कर्षसहित सुझाव दिने एसएआरसिडीका सचिव प्रा.डा.सरस्वती न्यौपानेले बताइन् ।

You might also like

Comments are closed.