काठमाडौं सार्वजनिक यातायातको भाडा बढेको छ ।
यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा १२ प्रतिशतले बढाउने निर्णय गरेको छ ।
बिहिबार यातायात व्यवस्था कार्यालयमा बसेको सर्वपक्षीय बैठकले भाडा बढाउने निर्णय गरेको हो ।
बढाइएको भाडा असार १ गतेदेखि लागू हुने यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले जानकारी दिए ।
Comments are closed.