सिक्लेसस्थित अन्नपूर्ण माविको ६ कोठे भवन समुदायलाई हस्तान्तरण

सिक्लेस, २५ फागुन । कास्कीको पर्यटकीय गाउँ मादी गाउँपालिका सिक्लेसस्थित अन्नपूर्ण मा.वि.मा ६ कोठे भवन निर्माण भएको छ । १ करोड ६९ लाख ६४ हजार ६ सय ५० रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो ।

लायन्स क्लब्स अन्तर्राष्ट्रिय फाउन्डेसनको आर्थिक सहयोगमा अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण गरिएको लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गभर्नर इन्दु लम्सालले जानकारी दिइन् ।

jutta mela

आइतबरा एक कार्यक्रमका बीच डिस्ट्रीक्ट ३२५ बी १ नेपालका डिस्ट्रिक्ट गभर्नर इन्दु लम्सालको प्रमुख आतिथ्यतामा भवनको उद्घाटन गरिएको छ । उद्घाटनसँगै लायन्सले भवन समुदायलाई हस्तान्तरण गरेको डिस्ट्रिक्टका क्याबिनेट सेक्रेटरी बिनोद ढुंगानाले जानकारी दिए । डिजास्टर रिलिफ रिकन्स्ट्रक्स्शन कमिटि चियरप्रसन तथा पास्ट मल्टिपल काउन्सिल चियरपर्सन गिरधारी शर्माको सभापतित्वमा समुद्घाटन कार्यत्रम सम्पन्न भएको हो ।

You might also like

Comments are closed.