‘सिजनिङ’ गरिएको काठ देशभरको बजारमा पुर्याउँदै पोखरा काष्ठ उद्योग

के हो सिजनिङ प्रविधि, के छन् यसका विशेषता ?

पोखरा । पोखराको औद्योगिक क्षेत्रमा रहेको पोखरा काष्ठ उद्योगले ‘सिजनिङ’ तथा प्रसोधन गरिएको काठ देशभरको बजारमा पु¥याउन सुरु गरेको छ । सिजनिङ तथा प्रशोधन गरेका काठहरुको माग बढेसँगै उद्योगले नयाँ प्रविधि भित्र्याएर काठ उत्पादन तथा प्रशोधन गर्दै आइरहेको सञ्चालक अस्विन कार्कीले आर्थिक आवाजलाई जानकारी दिए ।

ग्राहकको माग अनुसार उद्योगले देशभरको बजारमा सेवा प्रदान गरिरहेको कार्कीले जानकारी दिए । ‘हामीले ठूला ठूला होटल, नेपाल टेलिकम, राजदूताबास, विश्वविद्यालय लगायतका प्रोजेक्टको फर्निचरको काम गरिसकेका छौं,’ उनले भने, ‘आकर्षक डिजाइन तथा ज्ञारेन्टीका साथ हामीले काम गर्छौं ।’

लामो समयको अनुभव, स्वदेशी श्रमबाट उत्पादन, प्रशोधन तथा सिजनिङ गरिएको काठको प्रयोग लगायतका विशेषताले पोखरा काष्ठ उद्योगप्रति ग्राहकको आकर्षण बढेको बताउँछन् कार्की । ‘हामी गुणस्तरमा कुनै सम्झौता गर्दैनौं,’ उनले भने, ‘२० वर्षदेखिको अनुभव र विश्वसनीयता जोगाउँदै सेवालाई थप आधुनिक तथा परिस्कृत गर्दै बजार विस्तारको अभियानमा लागेका छौं ।

२० वर्ष अगाडिबाट सेवा सुरु गरेको उद्योगमा अहिले सम्पूर्ण कामदार नेपालीमात्रै राखिएको कार्कीले जानकारी दिए । ‘नेपाली कामदार पनि दक्ष छन् भन्ने उदाहरण हामीले प्रस्तुत गरेका छौं,’ उनले भने ।

पोखरा तथा आसपासका जिल्लासँगै राजधानी काठमाडौं र देशभरका मुख्य शहरहरुबाट कामको अर्डर आउने क्रम बढेको कार्कीले आर्थिक आवाजलाई बताए । ‘हामीले काम गरेका सम्पूर्ण प्रोजेक्टहरु नमुना खालका छन्,’ उनले भने, ‘राम्रो काम गरेकाले नै ग्राहकको विश्वास जित्न सफल भएका छौं ।’

‘पछिल्लो समय सस्तोका लागि आल्मुनियम प्रयोग गर्ने क्रम पनि देखिएको छ,’ उनले भने, ‘यद्यपि, प्रशोधन गरिएको काठ थोरै महङगो जस्तो लागेपछि लामो समयसम्म टिकाउ हुने भएकाले काठ प्रयोग गर्नु नै राम्रो मानिन्छ ।’

घरको झ्याल, ढोका, रेलिङ, फ्लोरिङ, फर्निचर, डेकोरेसन र जस्तोसुकै काठको काम गर्दा सिजनिङ गरिएको काठ नै प्रयोग गर्न कार्कीको सुझाव छ । काठ सिजनिङ गर्ने सुविधा अन्य उद्योगहरुका लागि पनि उपलब्ध गराउन सुरु गरिएको कार्कीले जानकारी दिए ।

काठलाई टिकाउ तथा स्तरीय बनाउन सिजनिङ तथा प्रशोधन गरिन्छ । यसलाई काठको उपचार प्रविधि भन्न पनि सकिन्छ । काठलाई नगल्ने तथा किराले नखाने बनाउन पनि सिजनिङ उत्तम विकल्प रहेको बताउँछन् कार्की ।

You might also like

Comments are closed.