सिटिजन फर्निचरले ग्राहकको विश्वास जितेको छः कार्की

फर्निचर तथा घरायसी सामानका लागि पछिल्लो समय पोखरामा सिटिजन फर्निचर निकै लोकप्रिय नाम बनेको छ । पोखराको न्युरोडमा रहेको शोरुमबाट सिटिजनले सेवा प्रदान गर्दै आइरहेको छ । यसैक्रममा सिटिजनका विशेषता, उपलब्ध सामानहरु तथा सेवामा केन्द्रित रहेर सञ्चालक दीपक कार्कीसँग आर्थिक आवाजले गरेको कुराकानीः

दीपक कार्की
सञ्चालक
सिटिजन फर्निचर ट्रेड लिंक, पोखरा

व्यवसायमा लाग्ने प्रेरणा कसरी प्राप्त गर्नुभयो ?
मेरो व्यावसायिक गुरु मामा गोपालबहादुर पोखरेल हुनुहुन्छ । उहाँकै प्रेरणा र मार्ग निर्देशनबाट मेरो व्यावसायिक यात्रा अगाडि बढेको हो । भैरव ग्रुपको अध्यक्ष पनि उहाँ हुनुहुन्छ । उहाँबाट नै प्रेरित भएर मैले व्यसाय शुरु गरेको हुँ । पोखरा भन्दा पहिला बुटवलमा पनि फर्निचर व्यवसाय गरेको थिएँ । बुटवलमा अहिले पनि व्यवसाय छ । भैरव ग्रुप अन्तर्गतको सिटिजन फर्निचरको पोखरामा २ वटा शाखा स्थापना गरेर मैले व्यवसाय सञ्चालन गरिरहेको छु । पोखरामा सिटिजन फर्निचर र सिटिजन होम डेकोर सञ्चालनमा छन् ।

कहिलेदेखि व्यवसायमा लाग्नुभयो ।
करिब ७ वर्ष पहिलेदेखि सिटजन फर्निचरको शुरुवात गरेका हौं ।

अन्यको फर्निचर सोरुमको तुलनामा सिटिजन कसरी फरक छ ?
व्यवसायमा हामी निकै सफल छौं । हामी अरु भन्दा धेरै भिन्न पनि छौं । गुणस्तरीय सामान सुलभ मूल्यमा हामी बिक्री गर्छौं । ग्राहकको रोजाई अनुसारको सामान सस्तो मूल्यमा उपलब्ध गराउनु नै हाम्रो विशेषता हो । हामी ब्राण्डेड सामान बिक्री गर्छौं । सामानमा केही समस्या देखिएमा त्यसको सामाधान तत्काल गर्छौं । सम्बन्धित ठाउँमै पुगेर हामीले सेवा उपलब्ध गराउँछौं ।

सिटिजनमा कुन–कुन सामान पाइन्छ ?
विभिन्न ब्राण्डका घरायसी सामान तथा अफिसियल सामान सिटिजन फर्निचरमा छन् । अफिस टेवल, कुर्ची, दराज, सोफा सेट, डाइनिङ टेवल, पलङ, टि टेवल, लगायतका सामान हामीसँग छन् । होलसेल र रिटेल दुवै खालको व्यापार गर्छौं । मुख्य फोकस भने होलसेल नै हो ।

सामान कहाँ–कहाँबाट आयात गर्नुहुन्छ ?
धेरैजसो सामान चीनबाट ल्याउछौं । आफ्नै फ्याक्ट्री पनि छ । पलङ, दराज लगायतका सामान यहीँ बनाउँछौं । चिनियाँ सामानको माग धेरै हुन्छ । घरायसी सामानका लागि लोकल सामानको माग राम्रो छ ।

ग्राहकबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
ग्राहकको माग अनुसार गुणस्तरीय सामान उपलब्ध गराउन सफल भएकाले ग्राहकको विश्वास जित्न सफल छौं । अहिलेसम्म ग्राहकबाट नकारात्मक प्रतिक्रिया पाएका छैनौं । त्यो विश्वास आगामी दिनमा पनि जित्नेछौं ।

व्यावसायिक प्रतिस्पर्धा कस्तो छ ?
हरेक व्यवसायमा प्रतिस्पर्धा हुन्छ । हाम्रो व्यवसायमा पनि प्रतिस्पर्धा हुनु स्वभाविकै हो । दुःखको कुरा पछिल्लो समय अस्वस्थ प्रतिस्पर्धा बढिरहेको छ । लो क्वालिटीका सामान बेच्ने गरेको पनि पाइन्छ । स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ भन्ने मेरो मान्यता छ ।

पोखराको सिटिजनबाट कहाँ–कहाँसम्म सामान पुग्छन् ?
मुख्य बजार पोखरा र आसपासकै क्षेत्र हुन् । त्यसका साथै बागलुङ, वेनी, कुस्मा, तनहुँ, लमजुङ, मनाङ मुस्ताङ, स्याङ्जा, गोरखा लगायत आसपासका सबै जिल्लामा सामान पुग्ने गरेका छन् ।

बजारमा फर्निचर तथा घरायसीका सामानको माग कस्तो छ ?
सामानको माग उच्च छ । माग अनुसारको सामान हामीले पु¥याउन नसकेको अवस्था छ । घरायसी सामानका कारण माग उच्च भएको हो । गुणस्तरीय तथा आकर्षक सामान प्रयोग गर्ने ट्रेन पनि बढिरहेको छ । पुरानो सामान ल्याएर नयाँ सामान लैजाने प्रचलन पनि बढेको छ । यसले ग्राहकलाई पनि सहज भएको छ ।

यो व्यवसायको भविश्य कस्तो देख्नुहुन्छ ?
फर्निचर धेरै आवश्यक पर्ने सामान हो । यस व्यवसायको भविष्य पनि राम्रो छ । विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयमा हाम्रो सामान प्रयोग गरिएको छ । यसले पनि हामीप्रतिको विश्वास बढाएको छ । हामी पनि समयको माग अनुसार व्यवसाय विस्तार गर्दै आगाडि बढ्नेछौं । हामी राम्रो एक्सक्लुसिभ शोरुम बढाउने सोचमा पनि छौं ।

कति जनालाई रोजगारी प्रदान गर्दै आउनुभएको छ ?
फ्याक्टीमा ६० जनाले काम गरिरहनुभएको छ । पसलमा ३० जना स्टाफ हुनुहुन्छ । आगामी दिनमा लगानी विस्तारसँगै रोजगारी संख्या पनि बढाउनेछौं ।

You might also like

Comments are closed.