सिद्धार्थ इन्स्योरेन्सको पोखरामा प्रादेशिक कार्यालय

आर्थिक आवाज
पोखरा । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको गण्डकी प्रदेशको प्रादेशिक कार्यालय पोखरामा खुलेको छ । कार्यालयको शुक्रबार एक कार्यक्रमबीच बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले उद्घाटन गरे ।

उक्त अवसरमा बोल्दै प्रमुख अतिथि चापागाईंले व्यवसाय वृद्धिसँगै संंस्थागत सुशासनलाई ध्यान दिनुपर्ने बताए । प्रादेशिक कार्यालयले वीमितलाई अझ प्रभावकारी वीमा सेवा प्रदान गर्न सक्नुपर्ने उनको सुझाव छ ।

कार्यक्रमका सभापति एवं कम्पनीका सञ्चालक पवनकुमार अग्रवालले अहिले सम्म गण्डकी प्रदेशका ११ वटा जिल्ला मध्ये ८ वटा जिल्लामा ११ वटा शाखा सञ्जाल मार्फत स्तरीय वीमा सेवा प्रदान गर्न आफूहरु सफल रहेको बताए । भविष्यमा वाँकी जिल्लामा समेत शाखाहरुको विस्तार गरी अझ प्रभावकारी वीमा सेवा प्रदान गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

jutta mela

कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले उकृष्ट वीमा सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको बताए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका उपाध्याक्ष विन्दु कोइराला सुबेदी, पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले बोलेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य प्रदेश कार्यालयका प्रमुख सुनयना पालिखेले राखेकी थिइन् भने कार्यक्रम सञ्चालन कम्पनी सचिव सुदर्सन आचार्यले गरेका थिए । स्थानीय बैंक तथा वित्तीय संस्थाका प्रमुख एवं व्यवसायीहरु लगायतको कार्यक्रममा उपस्थिति थियो ।

You might also like

Comments are closed.