सिद्धार्थ बैंक अवार्ड फर कर्पोरेट एक्सीलेन्स २०२५ बाट सम्मानित

काठमाडौं । सिद्घार्थ बैंक लिमिटेड “अवार्ड फर कर्पोरेट एक्सीलेन्स २०२५- कर्मसियल बैंकिङ क्याटागोरी ” अवार्डबाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपाल प्रा. लि.ले वार्षिक रुपमा आयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो ।

माघ १६ गते आयोजना भएको उक्त अवार्ड समारोहमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले उक्त अवार्ड ग्रहण गरेका थिए । मानव संसाधन व्यवस्थापन, संस्थागत सुशासन तथा उत्कृष्ट कार्यसम्पादनमा बैंकले पुर्याएको योगदानको कदरस्वरूप यो सम्मान बैंकलाई प्रदान गरिएको हो ।

आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबूत बनाउने र आगामी दिनहरुमा अझ व्यवस्थित ढङ्गले सेवा प्रदान गर्न यस उपाधिले बैंकलाई प्रेरित गरेको छ । यस खुशीको अवसरमा बैंकले अटुट सहयोगका लागि आफ्ना ग्राहकहरू, सरोकारवालाहरू र सम्पूर्ण शुभचिन्तकहरूलाई धन्यवाद दिएका छन् ।

You might also like

Comments are closed.