तनहुँ , २७ फागुन
सिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुलीको अध्ययन भ्रमण टोलीले आइतबार आदिकवि भानुभक्त क्याम्पसको भ्रमण गरेको छ । क्याम्पस सञ्चलाक समितिका सदस्य हरि अधिकारी र केशव फुयाँल, प्राध्यापकहरु नानीबाबु घिमिरे र त्रिभुवनपति भाष्कर थापा र स्ववियु अध्यक्ष दीपेन्द्र फुयाँल तथा सचिव उपेन्द्र फुयाँल लगायत उक्त भम्रण टोलीमा ४० जनाको सहभागिता रहेको थियो । आदिकविको शैक्षिक गुणस्तर, भौतिक संरचना, आर्थिक नीति, नियम तथा कार्यक्रमको जानकारी प्राप्त गर्ने उद्देश्यले आफुहरु अध्ययन भ्रमणमा आएको टोलीमा सहभागी क्याम्पस सञ्चालक समितिका सदस्य हरि अधिकारीले बताए ।
टोलीले आदिकवि भानुभक्त क्याम्पसको पुस्तकालय, कम्प्युटर तथा विज्ञान प्रयोगशाला, कक्षाकोठा, प्रशासनिक कक्ष लगायतको भौतिक पूर्वाधारको अवलोकन गर्नुका साथै क्याम्पसका प्राध्यापक कर्मचारीहरुसँग अन्तरक्रिया समेत गरेको थियो । अध्ययन भ्रमण टोलीलाई आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्ललेले स्वागत गर्दै अध्ययन भ्रमण सफलताको शुभकामना व्यक्त समेत गरेका थिए । साथै अन्तरक्रियामा क्याम्पस प्रमुख हड्खलेले क्याम्पसको शैक्षिक, भौतिक, आर्थिक, नीति नियम तथा कार्यक्रम र विद्यार्थी सहभागिताको विषयमा जानकारी गराएका थिए ।
अन्तरक्रियामा टोलीमा सहभागी शिद्धज्योति शिक्षा क्याम्पसका प्राध्यापक नानीबाबु घिमिरेले आदिकविमा आएर क्याम्पसको सम्पूर्ण पक्षको अवलोकन गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिदै अध्ययन भ्रमण उपलब्धीपुर्ण भएको बताएका थिए ।
Comments are closed.