सुचना तथा सञ्चार प्रविधि दिवसमा बटुकहरुलाई भोजन

तनहुँ, १८ बैशाख
वृद्धाश्रममा भोजन वितरण कम्प्युटर एसोसियसन नेपाल महासङ्घ (क्यान फेडेरेसन) तनहँुले व्यास नपा ५ स्थित परासर जेष्ठ नागरिक आश्रमका बृद्धबृद्धा तथा गुरुकुलका विद्यार्थीलाई भोजन वितरण गरेका छन् ।

राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा महासङ्घ तनहँुले बुधबार ज्येष्ठ नागरिक आश्रममा गई त्यहाँ आश्रित बृद्धबृद्धा तथा संस्कृत गुरुकुलका बटुकहरुलाई भोजन वितरण गरेको हो । सो कार्यक्रममा क्यान फेडेरेसन गण्डकी प्रदेशका उपाध्यक्ष तुल्सीराम  पाण्डे, तनहँु क्यानका कोषाध्यक्ष शुशिल श्रेष्ठ र सदस्य सुरज साहले तथा लुम्बिनी कम्प्युटरकी प्रोपाईटर सीता पाण्डे लगायतले बृद्धबृद्धा तथा बटुकहरुलाई भोजन वितरण गरि केही खाद्यान्न समेत उपलब्ध गराएका थिए ।

सो अवसरमा बोल्दै क्यान फेडेरेसनका प्रदेश उपाध्यक्ष पाण्डेले व्यवसायसँगै सामाजिक काममा पनि लाग्ने उद्देश्यले बृद्धबृद्धा तथा बटुकहरुलाई भोजन गराएको बताए । राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा क्यान फेडेरेसन तनहँुले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।  क्यान फेडेरेशनले पहिलो दिन मंगलबार बसन्त आधारभुत विद्यालय व्यास नपा ११ सेरामा कम्प्युटर सामग्री प्रदान गरेको थियो ।

jutta mela

दिवसको अवसरमा बिहीबार दमौलीमा सचेतना ¥याली सहित साईबर अपराध सम्बन्धमा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । सो प्रशिक्षणमा साईबर अपराध सम्बन्धी कानुनका ज्ञाताले प्रशिक्षण दिने र सो कार्यक्रमको उद्घाटन गन्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले गर्ने कार्यक्रम रहेको क्यान फेडेरेशन तनहँुले जनाएको छ ।

You might also like

Comments are closed.