सुजुकी सुपर स्याटडेमा आकर्षक नगद छुट दिईने

पोखरा, १० माघ ।
सुजुकी गाडीको गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता बतास ब्रर्दश प्रालिले सुजुकी “सुपर स्याटडे” अफर ल्याएको छ ।
यही माघ १२ गते एक दिनको लागि सुजुकी शोरुम नयाँबजार पोखरामा आयोजना गरिएको अफर अन्तर्गत सुजुकी गाडी खरिद तथा साटफेरमा ग्राहकले यसअघि भन्दा आकर्षक नगद छुट लगायतका सुविधा प्राप्त गर्ने बतास ब्रदर्श प्रालि मारुती सुजुकी बिभागका म्यानेजर नवराज अधिकारीले बताए ।
सुपर अफर अन्तर्गत रु. ७५ हजार नगद छुट, एक वर्षको निःशुल्क बीमा, साटफेर बोनस, स्पट फाईनान्स र आकर्षक नगद छुट रहेको अधिकारीको भनाई छ । यसका साथै २०१७ का मोडलहरुमा अतिरिक्त अफर रहेको उनको भनाई छ ।
“ग्राहकको हितको लागि हामीले एक दिनको लागि मात्र यस योजना ल्याएका छौ । कार्यक्रममा सहभागि भएर ग्राहकवर्गले अतिरिक्त लाभ लिन सक्नेछन् ।” अधिकारीले भने ।
सुजुकीका बलेनो, स्प्mिट, डिजायर, सेलेरियो, वेग्नर, केटेन, ओम्नी भ्यान, काग्रो लगायत सबै मोडलमा यो अफर लागू हुने बतास ब्रदर्श प्रालिले जनाएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.