सुदूरपश्चिममा दैनिक बढ्दै कोरोना संक्रमण, मंगलबार थप ४० जनामा संक्रमण

 

बैतडी । सुदूरपश्चिम प्रदेशमा दैनिकरुपमा कोरोना भाइरस संक्रमण बढ्दै गएको छ । हप्ताको तेस्रो दिन आज एकैदिन ४० मा सङ्क्रमण पुष्टि भएको छ । सोमबार यस प्रदेशमा २८ र आइतबार पाँचमा संक्रमण देखिएको थियो ।

गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ९७२ को नमूना परीक्षण गर्दा ४० मा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पीसीआरमार्फत आठ र एन्टीजेनमार्फत ३२ मा पुष्टि भएको हो । पीसीआरमार्फत महाकाली अस्पतालमा छ र सेती प्रादेशिक अस्पतालमा दुई र एन्टीजेनमार्फत कञ्चनपुरका नौ र कैलालीका २३ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर चार जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा संक्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । सुदूरपश्चिममा संक्रमणका कारण हालसम्म ६१४ को ज्यान गइसकेको छ ।

You might also like

Comments are closed.