सुनको मूल्य एक लाख माथि, मूल्य अझै बढ्ने

काठमाडौं । सुनको मूल्यले इतिहासमै पहिलोपटक प्रतितोला एक लाख भन्दा माथि पुगेर नयाँ रेकर्ड बनाएको छ । आज १ हजार ६ सय रुपैयाँ वृद्धि भइ सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । सुनको मूल्य आगामी दिनमा अझै वृद्धि हुने व्यवसायीहरु बताउँछन् ।

You might also like

Comments are closed.