काठमाडौं ।सोमबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँ रहेको छापावाला सुनको मूल्य मंगलबार बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य ९ सय रुपैयाले बढेको हो ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ९ सय रुपैयाँ पुगेको छ । चाँदीको मूल्य प्रतितोला
१ हजार ३ सय ९५ रुपैयाँ रहेको छ ।
Comments are closed.