काठमाडौँ, १ भदौ । सुपर मादी जलविद्युत आयोजनामा सानिमा बैंकको नेतृत्वमा विभिन्न आठ वटा वाणिज्य बैंकहरुले ५ अर्ब ७५ करोड लगानी गर्ने सहमति भएको छ । वित्तीय व्यवस्थापन सम्बन्धी द्विपक्षीय सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ । सम्झौतापत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र सुपर मादी हाइड्रोपावर लिमिटेडका कार्यकारी अध्यक्ष पुष्पज्योति ढुङ्गानाले हस्ताक्षर गरेका हुन् ।
कूल ४४ मेगावाट क्षमताको सो जलविद्युत आयोजनाको लागत ७ अर्ब ६५ करोड छ । कास्की जिल्लाको मादी गाउँपालिकामा आयोजनास्थल छ । जलविद्युत आयोजना आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको ढुङगानाले जानकारी दिए ।
आयोजनामा सानिमा बैंकले १ अर्ब २५ लाख, एनआइसी एशिया बैंकले ८५ करोड, एनसिसी बैंकले ७५ करोड, सनराइज बैंकले ७५ करोड कुमारी बैंकले ७० करोड, कृषि विकास बैंकले ६० करोड, राष्ट्रिय वाणिज्य बैंकले ६० करोड र प्रभु बैंकले ५० करोड लगानी गर्नेछन् । बाँकी रकम भने लगानीकर्ताले नै लगानी गर्ने कार्यकारी अध्यक्ष ढुङ्गानाले जानकारी दिए ।
Comments are closed.