सुरक्षा सर्तकतासहित धुलिखेल जिपलाइन पुनः सन्चालन, फेस्टिभल अफरमा ३० प्रतिशत छुट

काठमाडौं ।
कोरोना कहरले बन्द भएको धुलिखेल जिपलाईन ६ महिना पछि पुनः देखि सुरु भएको छ। फेस्टिभल अफर अन्तर्गत जिपलाइनको शुल्कमा ३० प्रतिशत छुट गरिएको जिपलाइनका संचालक वल्ड वाइड एड्भेन्चर प्रा.लि.का अध्यक्ष केदार थापाले बताए ।
क्लासिक जिपलाइनको २ हजार ५ सयमा छुट गरि १ हजार ७ सय ५०, सुपरम्यान जिपलाइनको ३ हजार पाँच सयमा छुट गरि २ हजार ४ सय ५० र टेण्डम (जोडी) जिपलाइनको ४ हजार ५ सयमा छुट गरि ३ हजार १ सय ५० कायम गरिएको थापाले जानकारी दिए ।

जिपलाइन सँगै फोटो भिडियो प्याकेजमा समेत छुट दिइएको थापाले बताए । क्लासिक र सुपरम्यान जिपलाइनमा फोटो र भिडियोको लागि ७ सय रुपैयाँ लाग्ने भएपनि हाल २ सय रुपैयाँ कायम गरेको र टेन्डम (जोडि) जिपलाइनमा फोटो र भिडियोको लागि १ हजार रुपैयाँ लाग्ने भएपनि हाल ३ सय रुपैयाँ कायम गरेको छ । साथै धुलिखेल जिपलाइनले संचालनमा ल्याएको एडभेन्चर पार्कमा पनि निस्शुल्क प्रवेश पाइने संस्थापक एवं सिइओ भुपेस श्रेष्ठले बताए ।
कोभिड १९ का कारण सुरक्षा सावधानी अपनाउँदै कर्मचारीको एक एक हप्ताको सिफ्टमा काम गरिएको अध्यक्ष थापाले बताए ।

२०७५ फागुनदेखि व्यवसायिक रुपमा धुलिखेल जिपलाइन सुरु भएको हो । धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जिप लाइनको ल्याण्डिङ स्टेसन छ। क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरि ३ प्रकारका जिपलाइन खेल्न पाइन्छ । जिपलाइनसँगै ट्री अप (रुख माथीनै बसेर खान मिल्ने गरि बनाइएको) रेस्टुरेन्ट पनि छ ।

खावास्थित ‘ल्यान्डिङ स्टेसन’मा ८ फरक एडभेन्चर कोर्स सहित एडभेन्चर पार्क छन् । त्यहाँबाट लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायताका हिमाल समेत अवलोकन गर्न सकिनेछ ।

You might also like

Comments are closed.