सुलभ उपभोक्ता सहकारीको लक्की ड्र सार्वजनिक, दीनेश जिते स्कुटर

पोखरा, २ माघ । पोखरा ६ लेकसाइडमा रहेको सुलभ उपभोक्ता सहकारीले सञ्चालन गरेको देशैं, तिहार, छठ र नयाँ वर्षको उपहार योजना सार्वजनिक गरेको छ । असोज १ गतेदेखि पुस २९ गतेसम्म सञ्चालन भएको उपहार योजनामा कुपन नम्बर १४०८९ का दीनेश कोइरालले पहिलो पुरस्कार जित्न सफल भएका छन् । उनले एउटा स्कुटर जिते ।

बुधबार पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जगत बहादुर पहारी र वडा सदस्य हरिकृष्ण पहारीले लक्की ड्र खोलेका थिए । दोस्रो उपहार कुपन नम्बर १९७३६ का रुपेस पहारीले जितेका छन् । उनले वासिङ मेसीन जित्न सफल भए । तेस्रो उपहार कुपन नम्बर १५१३३ का लोक गुरुङले स्मार्ट टिभी, चौथो पुरस्कार कुपन नम्बर १४५१६ का श्रीराम देवकोटाले फ्रिज जित्न सफल भए ।

६७८० कुपन नम्बरका दिनेस खड्काले पाँचौ पुरस्कार राइस कुकर हात पारेका छन् । अन्य २८ जनाले सान्त्वना पुरस्कार जित्न सफल भएको सुलभ उपभोक्ता सहकारीका व्यवस्थापक दयाल गिरीले जानकारी दिए । १ हजार रुपैयाँ बराबरको सामान खरिदमा एउटा कुपन ग्राहकले पाउने र तिनै कुपनको अर्धकट्टिलाई लक्की ड्र गरेको बताए । सहकारीमा कार्यक्रममा सहकारीका सचिव लक्ष्मण बराल , कोषाध्यक्ष लोक गुरुङ लगायतले सुभल उपभोक्ता सहकारीले ग्राहकहरुलाई मध्ये नजर गरेर बेला बेलामा विभिन्न योजनाहरु ल्याउने गरेको बताए

You might also like

Comments are closed.