सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपाल कास्कीको प्रथम भेला सम्पन्न, संयोजकमा बञ्जरा चयन

पोखरा : सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपाल कास्कीको प्रथम भेला सम्पन्न भएको छ। पोखरा महानगरपालिकाको सभाहलमा सनिबार सम्पन्न भेलाले यदुनाथ बञ्जराको संयोजकत्वमा जिल्ला सञ्जाल गठन गरेको हो।

त्यस्तै सहसंयोजकमा शिबराज बास्ताकोटी, सदस्य सचिबमा प्रतीक्षा काफ्ले र सदस्यहरुमा विशाल गुरुङ, राम गुरुङ, रामकृष्ण अधिकारी, तुलसी दाहाल, सबिता शर्मा, साबित्रा घिमिरे, खुम बहादुर थापा, पि.डि सिग्देल, रजित श्रेष्ठ, कमल बराल, ललितमान ताम्राकार, गोमा पराजुली, बिष्णु प्रसाद अधिकारी, एकराज सुबेदी लगायत रहनु भएको छ।

सोही अबसरमा कृष्ण क्षेत्रीको संयोजकत्वमा पोखरा महानगरपालिका स्तरिय सञ्जाल पनि गठन गरिएको छ। जस्को सहसंयोजकमा कुलमाया क्षेत्री, सदस्य सचिबमा रेशम खड्का र सदस्यहरुमा जीवन सुवेदी, पदम श्रेष्ठ , इन्द्रबहादुर खत्री, परिजात खनाल, अंबिका अधिकारी, जीवन आचार्य, तुलसी बास्ताकोटी, राजु गिरी, आत्मा तुलाचन लगायत रहनु भएको छ।
भेलामा कास्कीका प्रमुख जिल्ला अधिकरी रमेश कुमार के.सी , पोखरा महानगरपालीका प्रमुख मानबहादुर जिसि सुचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपालका केन्द्रिय सदस्य सुस्मा पौडेल गण्डकि प्रदेशका सहसंयोजक माधब पनेरु, पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ लगायतले सूचनाको हकको बरेमा बोल्नु भएको थियो।

jutta mela

भेलालाई सूचनाको हकका राष्ट्रिय सञ्जाल नेपाल गण्डकी प्रदेशका संयोजक दिपक आचार्यले सहजिकरण गर्नु भएको थियो। सूचना अभियान्ता यदुनाथ बञ्जराको अध्यक्षतामा सम्पन्न भेलामा स्वागत शिबराज बास्ताकोटी र संचालन नबराज दाहालले गर्नु भएको थियो।

You might also like

Comments are closed.