सूचना टाँसेर प्रदेश सभा बैठक स्थगित

पोखरा । गण्डकी प्रदेश सभा बैठक अनिश्चित कालका लागि स्थगित भएको छ । विहीबार बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो । बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयको सूचनामा उल्लेख छ ।

यसअघि बिहीबारलाई बैठक तय भएपनि प्रदेश सभा बिजनेस विहिन् भएपछि बैठक अन्तिम समयमा आएर स्थगित गर्नुपरेको प्रदेश सभा सचिवालय श्रोतले बताएको छ । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले विधायन समितिमा रहेको प्रदेश विश्वविद्यालय गठन, ब्यबस्थापन र सञ्चालन सम्बन्धी विधेयक प्रदेश सभामा नआइपुगेकाले बैठक स्थगित गर्नुपरेको बताए ।

बिजनेस नभएर बैठक स्थगित भएको होइन, ‘उनले भने, ‘बरु विधायन समितिको रहेको प्रदेश विश्वविद्यालय सम्बन्धी विधेयक प्रदेश सभामा फर्केर नआइपुगेकाले स्थगित मात्र गरिएको हो ।’ उनले विधायन समितिमा गहन छलफल चलिरहेकाले विधेयक प्रदेश सभामा आउन केहि ढिलाई भएको भन्दै प्रदेश सभामा विधेयक आउने वित्तिकै बैठक बस्ने बताए ।

You might also like

Comments are closed.