काठमाडौं । सूचना तथा प्रशारण विभाग काठमाडौंमा कार्यरत एक जना कर्मचारीमा कोरोना पुष्टि भएपछि कार्यालय बन्द गरिएको छ । बुधबार सूचना जारी गर्दै कार्यालयले अर्को सूचना जारी नहुँदासम्मका सेवा स्थगित भएको जनाएको छ ।
विज्ञापन रहित (क्लिन फिड) प्रशारण सम्बन्धी गर्नुपर्ने कार्यहरुबाहेक अन्य सबै कार्यहरु स्थगित भएको विभागले जनाएको छ । सूचना विभागका एक जना कर्मचारीमा कोरोना पुष्टि भएको छ भने ३ जना कर्मचारी आइसोलेसनमा छन् ।
विभागका कर्मचारीबाट सेवाग्राहीमा समेत कोरोना संक्रमण बढ्नेसक्ने जोखिमलाई ध्यान दिदै कार्यालय बन्द गरिएको निर्देशक ईश्वरराज दाहालले बताएका छन् ।
Comments are closed.