सेक्युरिटी सम्बन्धी सम्पूर्ण कोर्ष सफल टाक्स फोर्स सेक्युरिटीमा सिकाउँछौंः आचार्य

घनश्याम आचार्य
प्रवन्ध निर्देशक, सफल टाक्स फोर्स सेक्युरिटी एण्ड ट्रेनिङ सेन्टर प्रालि

पोखराको सभागृहचोकस्थित शिवालयमार्गमा सफल टाक्स फोर्स सेक्युरिटी एण्ड ट्रेनिङ सेन्टर प्रालि सञ्चालन गरिरहेका घनश्याम आचार्यसँग लामो समय नेपाल प्रहरीको अफिसर भएर काम गरेको अनुभव छ । जागिरकै क्रममा नेपालमा सिपाहीदेखि अधिकृतसम्मलाई प्रशिक्षण गराएका आचार्यले आबुदाबी पुलिसमा कामसमेत गरे ।

नेपाल प्रहरीको अफिसर भएर लामो समय काम गरेको अनुभवले पनि सेक्युरिटी क्षेत्रमा व्यावसायिक रुपमा लाग्न प्रोत्साहन मिलेको बताउँछन् आचार्य । ‘सेक्युरिटी क्षेत्र मेरो रुचीको विषय हो,’ उनी भन्छन् । आबुदाबी पुलिसमा ३ वर्ष काम गरेको अनुभव सँगालेका आचार्य हाइटी मिसनमा समेत जोडिएर काम गरे । जागिरकै क्रममा नेपालमा पनि सिपाहीदेखि अधिकृतसम्मलाई प्रशिक्षण गराए । जागिरे जीवनबाट अबकास लिइसकेपछि पनि केही गर्नुपर्छ भन्ने उनको मान्यता थियो । ‘मेरो अनुभवलाई व्यावसायिक रुपमा प्रयोग गर्ने क्रममा सेक्युरिटी व्यवसाय मेरो रोजाईमा प¥यो,’ उनी सम्झन्छन्, ‘फलस्वरुप आजभन्दा ४ वर्ष अगाडि पोखराको सभागृहचोकस्थित शिवालय मार्गमा सफल टाक्स फोर्स सेक्युरिटी एण्ड ट्रेनिङ सेन्टर प्रालि स्थापना गर्न सफल भएँ ।’

jutta mela

सफलबाट सेक्युरिटी सम्बन्धी सम्पूर्ण प्रकारका कोर्षहरु सिकाइने आचार्य बताउँछन् । सिभिल एक्स आर्मी, इण्डियन आर्मी, आबुदाबी, दुवई, मकाउ, एनएसआई, डिपिएस, पिएसबिडी, रोयलगार्ड, जेलगार्ड, बडीगार्ड, डिभेन्स आर्मी, स्पेसल फोर्स लगायतका कोर्षहरु सञ्चालन गरिरहेको आचार्यले जानकारी दिए ।

‘लाहुरे हुनका लागि उमेरको हद हुन्छ । उमेर हद नाघि सकेपछिको विकल्प भनेको सेक्युरिटी गार्ड नै हो,’ उनले भने, ‘विशेष गरी १८ देखि ३० वर्षसम्मका युवाहरु सेक्युरिटी गार्ड तालिमका लागि हामीकहाँ आउँछन् । देश तथा विदेशमा सेक्युरिटी गार्डको जागिरका लागि राम्रो अवसर मिल्ने भएकाले पनि युवाहरु यसप्रति आकर्षित छन् । हामीले तालिमसँगै हाम्रै कम्पनीमार्फत शतप्रतिशत रोजगारी ग्यारेन्टी प्रदान गर्ने भएकाले पनि सफलप्रति आकर्षण बढेको छ ।’

सफलबाट तालिम लिएका शतप्रतिशत प्रशिक्षार्थीलाई रोजगारी उपलब्ध गराउन सफल भएको आचार्यले बताए । बैंक, सहकारी, सरकारी तथा गैरसरकारी संघसंस्था, होटल तथा अन्य व्यावसायिक क्षेत्र लगायत विभिन्न ठाउँमा सेक्युरिटी गार्डको माग छ । ‘तालिम लिएर दक्ष बनेका सेक्युरिटी गार्डलाई रोजगारीको कुनै समस्या छैन,’ उनी भन्छन्, ‘रोजगारीको सम्पूर्ण जिम्मा हामीले नै लिन्छौं ।’

सफल टाक्स फोर्स सेक्युरिटी एण्ड ट्रेनिङ सेन्टर प्रालि छोटो समयमा ब्राण्डका रुपमा स्थापित भइसकेको बताउँछन् आचार्य । एक पटक तालिम लिइसकेको मान्छे सफलबाटै जागिरे जीवन सुरु गर्ने गरेको उनले बताए । स्वदेश तथा विदेशमा सेक्युरिटीमा जागिर खानका लागि आवश्यक पर्ने दक्षजनशक्ति उत्पादन गर्ने गरेको जानकारी दिदै आचार्यले भने, ‘लामो समय यही क्षेत्रमा काम गरेको अनुभवी प्रशिक्षकबाट प्रशिक्षण प्रदान गरिन्छ ।’

पारिवारिक वातावरणमा प्रशिक्षण गराउनुका साथै शुलभ शुल्कमा उच्चस्तरीय कोर्ष सञ्चालन गर्न आफूहरु सफल रहेको आचार्यले बताए । सुरक्षासँग सम्बन्धित जागिरका क्रममा देश तथा विदेशमा संगालेको सम्पूर्ण अनुभवलाई आचार्यले यही व्यवसायमा प्रयोग गर्न सफल भएका छन् । ‘फरक खालको विशेषताले नै हामीप्रति विद्यार्थीको आकर्षण बढेको मैले अनुभव गरेको छु । सेक्युरिटी तालिमका लागि आवश्यक पर्ने सम्पूर्ण इक्युपमेन्टहरु हामीसँग छन्,’ उनले भने, ‘हामी डेमोस्टेसनसहित तालिम प्रदान गर्छौं । उचाईं ५ दशमलव ५ फिट भन्दा माथि भएका जोकोही पनि सेक्युरिटीको तालिममा भर्ना हुन सक्छन् ।’

आचार्यले सफल सेक्युरिटी सप्लायर्सको काम पनि गरिरहेका छन् । सफलबाट तालिम लिएका प्रशिक्षार्थीहरु दक्ष तथा अनुभवी हुने गरेको उनको दावी छ । ‘हामीबाट तालिम लिएका विद्यार्थीको माग पोखरा लगायत देशभर उच्च छ,’ आचार्यले भने, ‘प्रशिक्षार्थी विद्यार्थीको स्थायी बसोबासलाई पायक पर्ने गरी जागिर प्रदान गर्ने व्यवस्था मिलाएका छौं ।’ सरकारी, गैरसरकारी संघसंस्था, वित्तीय क्षेत्र, होटल, रेस्टुरेन्ट लगायत सबै क्षेत्रमा सफलको लोगो लगाएका सेक्युरिटी गार्ड देख्न सकिन्छ । ‘सफलबाट उत्पादन भएका सेक्युरिटी गार्डसँग सेक्युरिटीमा आवश्यक सम्पूर्ण ज्ञान सिकेका हुन्छन्,’ उनले भने, ‘बडी सर्च, फायर फाइटिङ, सिसी टिभी, एक्सिस कन्ट्रोल लगायतका कोर्षमा पनि दक्ष बनाउँछौं । इमान्दारितापूर्वक काम गर्ने भएकाले पनि हामीप्रति सबैको विश्वास बढेको छ । एक पटक हामीबाट सेवा लिइसकेपछि पुनः हामीलाई नै अबसर दिने क्रम बढिरहेको छ ।’

१८ वर्षमा भर्ती भएको एउटा युवा १७ वर्ष जागिर खाँदा ३५ वर्षमा रिटायर्ड हुन्छ । जम्मा ३५ वर्षको युवालाई घरमा त्यसै बस्न मन मान्दैन । राम्रो अवसरको खोजी गर्ने क्रममा उसको पहिलो रोजाई सेक्युरिटी गार्ड बन्छ । उसले राम्रो अवसरका लागि बढी मात्रा विदेश नै ताकेको पाइन्छ । यसरी सेना तथा प्रहरीमा काम गरेका व्यक्तिहरु विदेश जान थप तालिमको आवश्यकता पर्छ । त्यस्ता व्यक्तिहरुलाई सेक्युरिटीका लागि विशेष कोर्ष सञ्चालन गरिरहेको आचार्यले जानकारी दिए । ‘उनीहरुका लागि विशेष गरी बर्डी गार्ड, डिफेन्स आर्मी, रोयल गार्ड, जेल गार्ड, स्पेसल फोर्स तालिम आवश्यक पर्छ । त्यो अनुभव मसँग प्रशस्त छ, जुन ज्ञान यहाँ आएका प्रशिक्षार्थीलाई सिकाइरहेको छु,’ उनले भने, ‘रिटायर्ड भइसकेकाहरु सफलमा आएर आवश्यक तालिम लिने क्रम बढिरहेको छ । मैले सिकाएका प्रशिक्षार्थीहरु शतप्रतिशत सफल भएको अनुभव गरेको छु ।’

पोखरा पर्यटकीय नगरी हो । यहाँ प्रशस्त पर्यटनस्तरका होटलहरु छन् । बैंक तथा वित्तीय संस्थाको संख्या पनि प्रशस्त छ । यी क्षेत्रको सुरक्षाका लागि सेक्युरिटी गार्ड खटिने गरेका छन् । निजी तथा सरकारी सबै क्षेत्रको सुरक्षाका लागि सेक्युरिटी गार्ड आवश्यक पर्छ । मेला, महोत्सव, सभा सम्मेलन तथा अन्य गतिविधिमा पनि सेक्युरिटी गार्डको आवश्यकता पर्छ । तालिम प्राप्त तथा दक्ष सेक्युरिटी गार्डले आफ्नो जिम्मेवारीलाई पूर्ण रुपमा पालना गर्नेगर्छन् । ‘सम्पत्ती तथा मानवीय सुरक्षाका लागि सेक्युरिटी गार्ड खम्बा बनेर बसेको हामी पाउँछौं,’ आचार्य भन्छन्, ‘सेक्युरिटी गार्डको आवश्यक नभएको सम्भबत कुनै पनि क्षेत्र छैन भन्दा हुन्छ । सफलबाट प्रशिक्षित विद्यार्थीमा सेक्युरिटी गार्डमा हुनुपर्ने सम्पूर्ण ज्ञान हुन्छ । अनुशासनलाई पनि हामीले कडाई गर्छौं ।’

You might also like

Comments are closed.